Tuesday, June 7, 2016

सडक, यातायात र रेलमार्ग निर्माणमा चीनले नेपाललाई थप सहयोग गर्ने

काठमाडौँ, २५ जेठ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावलसँग मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका केन्द्रीय सैनिक आयोगको संयुक्त स्टाफ विभागका उपप्रमुख एडमिरल सुन छियाङ्गुओले नेतृत्व गर्नुभएको १३ सदस्यीय प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार भेट गर्यो ।pardann
रक्षा मन्त्रालयद्वारा आज प्रकाशित विज्ञप्ति अनुसार भेटवार्ताका अवसरमा नेपालको संविधान जारी भएपछि त्यसप्रति मित्रराष्ट्र चीनबाट भएको स्वागत तथा समर्थनका लागि चीन सरकारप्रति उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले आभार व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको र चीनको प्रगतिमा नेपाल खुसी हुँदै आएको कुरा उल्लेख गर्नुभयो ।
गत वर्ष नेपालमा गएको विनाशकारी भूकम्पको समयमा चीन सरकारबाट उद्धार, खोज तथा राहत कार्यमा उपलब्ध गराएको विशेष सहयोगका लागि धन्यवाद दिँँदै उहाँले त्यसबेला चिनियाँ जनमुक्ति सेनाले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।
भेटका अवसरमा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख एडमिरल सुन छियाङ्गुओले नेपाल चीनको ज्यादै असल छिमेकी मित्र रहेको र नेपाल–चीन सम्बन्ध ऐतिहासिक भएको चर्चा गर्दै चीन सधैँ नेपालको स्वतन्त्रता र स्वतन्त्र निर्णयको पक्षमा रहेको कुरा उल्लेख गर्नुभयो ।
चीनले अपनाएको एक बेल्ट एक सडकको नीतिअनुरुप सडक, यातायात र रेलमार्गबाट नेपालले फाइदा लिन सक्ने र चीन त्यस्तो सहयोग विस्तार गर्न तत्पर रहेको कुरा एडमिरल सुन छियाङगुओले उल्लेख गर्नुभयो ।
निकट भविष्यमा चीनका राष्ट्रपति सी जिनपिङद्वारा नेपालको भ्रमण हुनसक्ने सम्भावना रहेको बताउँदै उपप्रधानमन्त्री रावललाई चीन भ्रमण गर्नसमेत उहाँले आमन्त्रण गर्नुभयो । रासस
तस्वीरः विकास कार्कीबाट ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog