Tuesday, June 7, 2016

नेपालले अाफ्नाे सिमाना बनायाे , भारतले बनाएन किन ?

काठमाडौं / नेपाल भारत संयुक्त सीमा सर्वेक्षण ३ नम्बर नापी टोलीले रुपन्देहीदेखि दाङका तीन सय ११ वटा सीमास्तम्भ मर्मत एवं पुनर्निर्माण गरेको छ । १३ वटा जोर नम्बरमा पिलर नयाँ बनाउनुपर्ने अवस्थामा छन् । उक्त पिलर निर्माण गर्ने काम भारतीय पक्षको जिम्मामा परेको छ ।simana
नेपाल मारतको अन्तर्राष्ट्रिय सीमाक्षेत्र दसगजामा रहेको भारतद्वारा अतिक्रमित एवं विवादित क्षेत्र सुस्तास्थित चार सय ९७ जंगी पिलर छाडेर टोलीले पश्चिमको दाङसम्म सीमास्तम्भ मर्मत, पुनर्निर्माण तथा सर्वेक्षणको कार्यलाई तीव्रताका साथ अगाडि बढाएको छ ।

टोलीले हालै रुपन्देहीमा एक र कपिलबस्तुमा १२ वटा नयाँ पिलर निर्माण गरेको छ । जसमा ठूला ३ र माइनर १० वटा बिजोर नम्बरमा पिलर नयाँ बनाएको नापी विभागमा उपसचिव एवं सर्वेक्षण टोली प्रमुख निर्मल अचार्यले जानकारी दिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर

purbelinews



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog