Tuesday, June 7, 2016

नयाँ शक्तिकी केन्द्रीय सदस्य ठगी आरोपमा पक्राउ

२०७३ जेष्ठ २६ बुधवार

फोटो : ठगी आरोपमा पक्राउ नयाँ शक्ति नेपालकी केन्द्रीय सदस्य मन्जु सरदार। तस्बिर: रत्नप्रसाद आचार्य
पार्टी घोषणा गर्नुअघि बाबुरामलाई अर्को झड्का

इटहरीः पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टी नयाँ शक्ति नेपालकी केन्द्रीय सदस्य मञ्जु सरदार ठगी आरोपमा सुनसरीको इटहरीबाट पक्राउ परेकी छिन्।parkau
नेपाल प्रहरीमा जागिर लगाइदिने भन्दै सर्बसाधारणबाट रकम असुल गरी ठग्दै हिँडेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीले उनलाई पक्राउ गरी हिरासतमा लिएको हो।
नयाँ शक्तिका केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला संयोजक अरुण साह ठगी गरेको अभियोगमा सप्तरी कारागार चलान भएको भोलिल्ट अर्की केन्द्रीय सदस्य ठगी मुद्दामै पक्राउ परेपछि नयाँ शक्ति नेपालका संयोजक बाबुरामलाई अर्को झड्का लागेको हो।

तेह्रथुमको म्याङ्लुङ घर भएकी तारा लिम्बू र इटहरीका प्रेम शाहीकी पत्नी लक्ष्मी लिम्बूलाई प्रहरीमा भर्ती लगाइदिन्छु भन्दै एक लाख ६० हजार रुपैयाँ ठगी गरेको आरोपमा नयाँ शक्ति केन्द्रीय सदस्य सरदारलाई पक्राउ गरी कारवाही अघि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओम अधिकारीले बताएका छन्।

डिएसपी अधिकारीका अनुसार सरदारले तारासँग एक लाख र लक्ष्मीसँग ६० हजार रकम लिएर ठगी गरेकी हुन्। सरदारले गत साउनमा दुबैजनालाई प्रहरीमा भर्तीका लागि खुल्ला प्रतिस्पर्धामा फाराम भर्न लगाएको र रिजल्ट अउँदा दुबैको नाम ननिस्किएपछि पीडितहरुले आफ्नो रकम फिर्ता गर्न अनुरोध गर्दा नदिएपछि प्रहरीमा उजुरी दिएका थिए।

पक्राउ परेकी सरदारलाई इलाका प्रहरी कार्यालय इटहरीले पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको छ। पक्राउ परेकी नयाँ शक्ति नेपालकी केन्द्रीय सदस्य सरदारविरुद्ध ठगी ऐनअन्र्तगत मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने डिएसपी अधिकारीले बताएका छन्।
annapurnapost



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog