Tuesday, June 7, 2016

सत्ता परिवर्तनको खेलमा लागेका दल नै संविधान कार्यान्वयनमा बाधकः उपप्रम थापा

हेटौँडा, २५ जेठ । उपप्रधानमन्त्री एवम् राप्रपा नेपाल अध्यक्ष कमल थापाले संविधान जारी गर्ने प्रमुख दल नै अहिले सत्ता परिवर्तन गर्ने खेलमा लागेकाले संविधान कार्यान्वयनमा बाधक देखिएको बताउनुभएको छ ।
अध्यक्ष थापाले आज हेटौँडामा राप्रपा नेपाल मकवानपुरको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै अहिले सत्ता हेरफेरभन्दा पनि संविधान कार्यान्वयन गर्न सबै दलले ध्यान दिनुपर्ने बताउनुभयो ।mantiriy
सरकार परिवर्तनमा कम्मर कसेर लागेको प्रतिपक्षी दल नेपाली कांग्रेसतर्फ संकेत गर्दै उहाँले प्रमुख दलहरुले आपसी विवादलाई त्यागेर जनताको आर्थिक स्तर वृद्धि गर्न संविधान कार्यान्वयन र स्थायित्वको एकजुट हुनु पर्दछ भन्नुभयो ।
अध्यक्ष थापाले विगत १८ वर्षदेखि स्थानीय निकायको निर्वाचन नहुँदा विकास निर्माणका काम हुन नसकेको यथार्थलाई ध्यानमा राखेर स्थानीय निकायको निर्वाचन गर्न प्रमुख दल विभाजित हुन नहुने बताउनुभयो ।
सो अवसरमा केन्द्रीय सदस्यत्रय दीपकबहादुर सिंह, मधु अधिकारी र राजाराम बर्तौला तथा सांसद गणेश थापाले स्थानीय निकायको चुनाव गर्नुपर्ने बताउनुभयो । स्थानीय हुप्राचौरबाट र्याली सुरु भई नगर परिक्रमा गर्दै पल्पसा रोडसम्म पुगेको थियो ।
अध्यक्ष थापाले विभिन्न पार्टी परित्याग गरी राप्रपा नेपालमा प्रवेश गरेका नव प्रवेशीलाई टीका र माला लगाई स्वागत गर्नुभएको थियो । दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । रासस
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog