Tuesday, June 7, 2016

कुन-कुन मन्त्री हटाउँदैछन् प्रधानमन्त्री ओलीले ?

काठमाडौं, २६ जेठ । म शक्ति बस्नेतलाई कारबाही गर्छु । गृहमन्त्रालयबाट कुनै हातमा निकालेरै छाड्छु, ‘अहिले उनीहरु मलाई हटाउनतिर लागेका छन् । फकाउन मान्छे पनि पठाएको पठायै छ, ‘तपाई भारतसँग लड्न सक्नुहुन्छ ?’ भनेर मैले प्रचण्डलाई सोधेँ । उहाँले म त सक्दिन भनेर हात उठाउनुभयो ।’ प्रधानमन्त्री केपी ओलीले शनिवार साँझ बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकमा आफ्ना कुरा राख्दा व्यक्त भएका वाक्वांश हुन यी ।owlyy
राष्ट्रपतिको भारत भ्रमण स्थगित भएको बारेमा उनी स्पष्ट पार्दै थिए– एकातिर मलाई हटाउन खोज्ने अनि अर्कातिर राष्ट्रपतिलाई दिल्ली पनि बोलाउने ? त्यो भ्रमण मैले रोकेकै हो । राजदूत रञ्जित रेलाई पनि अवाञ्छिक व्यक्ति घोषणा गरेर देशनिकाला गरौं जस्तो लागेको थियो तर भै’गो भनेर छाडिदिएँ । उनले भने ।
ओलीले माधव नेपाललाई पनि व्यङ्ग्य गर्दै भने,‘मलाई बलात्कारी भन्ने ? शहिद पत्नी ताकेको भन्ने ?’ माधवले प्रतिवाद गरे, ‘लौ एजेण्डा राखेर बोलौं । एक्लै कराईरहने हो ?’ केपीले सभामुखको निवासमा वर्षमानसँग बसेर वामदेवले राजीनामाको प्रसंग सहमतिको बुँदामा हाल्न लगाएको आरोप लगाए ।
प्रधानमन्त्रीले आफूलाई सहयोग नगर्ने गृहमन्त्रीलाई हटाई छाड्ने अडान दोहोर्याएर भने आपूर्तिमन्त्री गणेशमान पुन कालाबजारियासँग साँठगाँठमा रहेको ठोकुवा समेत गर्न भ्याए । जनआस्था साप्ताहिकमा खबर छ ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog