Tuesday, June 7, 2016

गगनले भने, ‘प्रमुख तीन दल एकै ठाउँमा आउनै पर्छ’

मुगु, २६ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संविधानको पूर्ण रुपमा कार्यान्वयन गर्न तथा संविधानमा व्यवस्था भएअनुसार स्थानीय, संसदीय तथा राष्ट्रिय गरी तीनवटै निर्वाचन पूरा गर्न डेढ वर्षको समय सीमा भएकाले निर्धारित समय सीमाभित्र तीनवटै निवार्चन हुन नसके देश गम्भीर अवस्थामा फस्ने भएकाले देश लाई बचाउनका लागि नेपालका मुख्य तीन राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।gahan
नेपाल तरुण दल जिल्ला कार्यसमिति मुगुको चौथो जिल्ला अधिवेशन उद्घाटन गर्न मङ्गलबार मुगु आइपुग्नुभएका थापाले उक्त धारणा राख्नुभएको हो ।
मधेसी दलका जायज माग पूरा गरी उनीहरुलाई पनि विकासको मूलधारमा ल्याउनुपर्ने बताउँदै केन्द्रीय सदस्य थापाले प्राकृतिक साधन, स्रोतले समृद्घ राराको पर्यटन विकासमा दीर्घकालीन गुरुयोजना आवश्यक भएकाले त्यसतर्फ आफू लागिपर्ने समेत बताउनुभयो । रासस
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog