परराष्ट्र सचिवले भेटे दक्षिण कोरियाली विदेशमन्त्री
विकाश श्रेष्ठ ।
२६ जेठ, सोल ।
नेपालको भुकम्पपछिको पुर्ननिर्माणमा थप सहयोग गर्ने कोरिया सरकारको प्रतिबद्धता
कोरिया सरकारको निमन्त्रणमा यहाँ आएका नेपालका परराष्ट्र सचिब शंकर दास बैरागी र कोरियाका उप–विदेशमन्त्री लीम सुङनामबीच हिजो राजधानी सोलमा भेटवार्ता भएको छ ।
नेपाल र कोरिया सरकारको विदेश मन्त्री स्तरका अधिकारीबीच भेटवार्ता र छलफल नियमित प्रक्रिया अन्तर्गत भएको भेटवार्तामा सहभागी नेपाली दुतावासका कार्यवाहक राजदूत किरण शाक्यले जानकारी दिएका छन् ।
भेटवार्तामा विदेशमन्त्री लिमले नेपालको भुकम्प पछिको पुर्ननिर्माणमा भइरहेको कार्यप्रति चासो ब्यक्त गरेको दुतावासबाट जारी विज्ञप्तीमा पनि भनिएको छ । दुइ देशका अधिकारीबीच द्धिपक्षिय सम्बन्ध र आर्थिक सहायताका विषयमा पनि छलफल भएको छ ।
चार दिने भ्रमणमा आएका सचिब बैरागीले लीमसँगको भेटमा नेपालको सामाजिक आर्थिक विकासमा कोरिया सरकारले पुर्याउदै आएको सहयोग र योगदानको प्रशंसा गर्दै धन्यवाद प्रकट गरेका बताइएको छ । त्यस्तै हिजोको भेटवार्तामा दुइ पक्षबीच सम्बन्ध थप प्रगाढ पार्ने लगायत व्यापार, पर्यटन, श्रम र थप लगानी गर्ने विषयमा छलफल भएको छ । कोरिया सरकारले नेपालको पर्यटन, श्रम र जलविद्यूतमा लगानी गर्न इच्छुक देखिएको छ । त्यस्तै क्षेत्रिय र अन्तर्राष्ट्रिय फोरममा उठान हुने मुद्धामा पनि सहकार्य गरेर अगाडि बढ्न दुवै देशका अधिकारी सहमत भएका छन् ।
द्धिपक्षिय भेटवार्तामा नेपालको तर्फबाट कोरियास्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत शाक्य, द्धितिया सचिब प्रथमा उप्रेति, परराष्ट्रका अधिकारी सुभाङ्गा पराजुली सहभागी थिए भने कोरियाको तर्फबाट उप–विदेशमन्त्री सहित उच्च पदस्थ अधिकारी सहभागी थिए ।
यसैबीच परराष्ट्र सचिब बैरागीले हिजै सोलस्थित दुतावासको वर्तमान अवस्था र त्यहाँका गतिविधीका बारेमा जानकारी लिएको विज्ञप्तीमा जनाइएको छ ।nepaliheadlines