भारत र अमेरिकाको सन्देश- चीनको दादागिरी चल्दैन
२६ जेठ, एजेन्सी ।
अमेरिका भ्रमणका क्रममा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति बराक ओबामाले चीनमाथि दवाव बढाउने प्रयास गरेका छन् । एसिया पेसिफिक क्षेत्रमा कुनै विशेष देश अर्थात चीनको प्रभुत्व चल्न नदिने उनीहरुको सन्देश छ ।
भारत कमजोर भएको बेला आक्रमकरुपमा आयो चीन
आफ्नो दुई वर्षे कार्यकालमा चौतो पटक अमेरिका पुगेका मोदीको भ्रमणपछि अमेरिका र भारतले दक्षिण चाइना सागरमाा चीन विरुद्ध मोर्चाबन्दी गर्ने संकेत दिएका छन् ।
मोदी र ओबामाको दुई पक्षीय भेटका क्रममा भारतलाई मिसाइल टेक्नोलोजी कन्ट्रोल रिजिम (MTCR) को सदस्य बनाउन अमेरिका सहमत भएको छ । अमेरिकाले परमाणु आपूर्तिकर्ता समूह (NSG) मा भारतको दावेदारीलाई समर्थन गरेको हो ।
भारत र अमेरिकाको नामले किन आत्तिए ओली !
यस अघि चीनले भारतको दावेदारीमाथि प्रश्न उठाएको थियो । चीन पनि यो समूहमा सदस्यता छैन । भेटपछि ओबामाले अमेरिका एसिया प्रशान्त तथा हिन्द महासागरमा आफ्नो रणनीति हितमा नयाँ सम्बन्ध विस्तार गर्ने बताएको अमेरिकी राष्ट्रपति कार्यालयका प्रेस सचिव जोश अर्नेष्टले बताएका छन् ।
nepaliheadlines