Friday, June 3, 2016
राजेन्द्र महतोले आफ्ना ज्वाईलाई दाईजोमा दिए केन्द्रीय सदस्य पद!
काठमाडौं, २१ जेठ । सदभावना पार्टीमा अध्यक्ष राजेन्द्र महतोले केन्द्रीय कार्य समिति पुनर्गठन गरेसँगै पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ ।
यसअघि नै आफ्नो भतिज उपेन्द्र महतोलाई जनकपुर महाधिवेशनबाट केन्द्रीय सदस्य बनाएका महतोले दोस्रो संविधान सभामा आफ्नो हारसँगै आफ्नी श्रीमती शैली महतोलाई समानुपातिक सभासद बनाएर पार्टी, मधेश र देशमा आलोचित भएका थिए ।
अहिले पुनः बिहीवार गरेको केन्द्रीय समिति पुनर्गठनमा घर ज्वाई अनिल महासेठलाई केन्द्रीय सदस्य बनाएपछि पार्टीमा राजेन्द्र महतो आलोचित हुन पुगेका हुन् । एक पार्टी नेता भन्छन्– ‘राजेन्द्र महतोले फ्लोरिडा कलेज चलाईरहेका ज्वाई अनिल महासेठलाई पार्टीमा योगदानको भरमा नभई दाइजोको रूपमा केन्द्रीय सदस्य दिएका हुन् ।’
हुन त महासेठ कै कारण राजेन्द्र महतो र भतिज उपेन्द्र महतोको सम्बन्ध बिग्रिएको ती नेता दाबी गर्छन् । महासेठ पार्टीको आर्थिक मामलामा ज्यादै नै हस्तक्षेप गर्ने गरेको चिनी, चियापत्ती, फोटोकापी कागजदेखि खाने पानीको जार समेत गन्ने गरेको र किन यति खर्च भएको भनेर कर्मचारीलाई अनावश्यक तनाव दिने गरेको र यसबारे राजेन्द्र महतोलाई भन्दा महतो मुख दर्शक बनेर बस्ने गरेको आरोप छ ।
घरमा पनि महतोको सभासद श्रीमती, ज्वाई र छोरी मिलेर केही पनि चल्न नदिने गरेको र घर ज्वाई महासेठको रूखो ब्यवहारको कारण अहिले नेताहरू राजेन्द्र महतोको घर जान समेत छोडेको स्रोतको दावी छ ।
हुन त अष्ट्रेलियामा एउटा नेपालीको होटलमा ‘वेटर’को काम छाडी राजेन्द्र महतोको ज्वाई बने पश्चात नेपाल आएका महासेठलाई राजेन्द्र महतोले पहिला राजनीतिक रूपमा स्थापित गराउनकै लागि पार्टीमा बिभिन्न पद दिनुका साथै आफ्नो सभासद श्रीमतीको पीए समेत बनाएका थिए ।
तर, पार्टीलाई आफ्नो ससुराको ब्यक्तिगत सम्पति सम्झिने र पार्टी नेताहरूसँग अभद्र ब्यवहारको कारण राजनीतिक रूपमा स्थापित हुन नसकेपछि राजेन्द्र महतोले ज्वाईलाई फ्लोरिडा कलेजमा सेयर किनिदिएका थिए तर, फ्लोरिडा कलेजमा पनि महासेठ बिवादित भएपछि राजेन्द्र महतोले फेरि आफ्नो ज्वाईलाई सभासद श्रीमती र छोरीको दबाबको कारण पार्टी केन्द्रीय समितिमा राखेर पार्टीमा परिवारवाद लाद्न खोजेको पार्टी नेताहरूको आरोप छ ।
यता पदाधिकारी दाबी गर्दै आईरहेका केन्द्रीय सदस्य योगेन्द्र यादव पनि आफूलाई पदाधिकारी बनाउनुको सट्टा आफ्नै जिल्लाका पार्टी नवप्रवेशी अजय गुप्तालाई सहमहासचिव बनाएकोमा असन्तुष्ट देखिएका छन् । यादवले आफ्नो समाजिक संजाल फेसबुकमार्फत पार्टी अध्यक्षलाई लक्षित गर्दै मधेशी दलहरु नातावाद , परिवारवाद र जातिवादको मधेशी राजनीतिलाई बढाव दिदै मधेशी जनता भन्दा पनि आफ्नो स्वार्थ सिद्ध गर्न मधेश बिजेताको तक्माका लागि असफल प्रयास जारी राख्ने ? भनेर प्रश्न गरेका छन् ।
अहिले फर्जी सर्टिफिकेटको कारण जेलबाट धरौटीमा रिहा भई मुद्दा खेपिरहेका झापा निवासी डा रामबाबु गिरीलाई पनि केन्द्रीय सदस्य बनाउनुले पनि महतोले कुन आधारमा अपराधिक छविका गिरीलाई केन्द्रीय सदस्य बनाएको भनेर नेताहरूले प्रश्न गर्ने गरेका छन् ।
यता कार्यसमिति बिस्तारमा पार्टीमा नवप्रवेशी म्रिगेन्द्र यादवलाई बरिष्ठ उपाध्यक्षमा बरिष्ठता क्रममा आफूभन्दा माथि राखेको भनेर बरिष्ठ उपाध्यक्ष नवल किशोर शाह पनि असन्तुष्ट बनेका छन् ।
सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष पदबाट निलम्बित सांसद सञ्जयकुमार साहलाई निकालिएको छ । पार्टीको पुनर्गठित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको सूचिमा उनको नाउँ समेटिएको छैन भने निलम्बित साहकी पत्नी रङ्गीला साहलाई केन्द्रीय सदस्य बनाइएको छ ।
सबै प्रेस बिज्ञप्ती पार्टीले आधिकारिक रूपमा सबै संचारमाध्यमलाई पठाउने गरेतापनि यसपटक आलोचित हुने डरले राजेन्द्र महतोको निर्देशनमा केन्द्रीय कार्यसमिति पुनर्गठनको प्रेस बिज्ञप्ती कतै पठाईएन् ।
– उपेन्द्र झाबाट ।
dainiknepal
विप्लव माओवादीका तनहुँ जिल्ला सेक्रेटरी गिरफ्तार
शुक्रबार, २१ जेठ
काठमाडौं । नेकपा माओवादीका तनहुँ जिल्ला सेक्रेटरी निरु थापालाई शुक्रबार प्रहरीले गिरफ्तार गरेको छ । पार्टी कामको सिलसिलामा पोखरा पुगेका थापालाई (आज) शुक्रबार पोखराको लेकसाईड बाट प्रहरीले गिरफ्तार गरेको भन्दै नेकपा माओवादीकी केन्द्रिय सदस्य तथा गण्डकी ब्युरो ईन्चार्ज सावित्रा दुरा (आस्था) ले कडा आपति जनाएकी छिन्।
उनले आम जनतामा राजनितिक चेतना फैलाउन र भेटघाटका शिलशिलामा हिडेका सेक्रेटरी थापालाई बिना कारण नियन्त्रण लिएर मानब अधिकारको गम्भिर उल्लंघन गरेको बताईन ।
ब्युरो ईन्चार्ज आस्थाले पक्राउ परेका थापालाई निसर्त तत्काल रिहा नगरे सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने समेत चेतावनी दिएकी छिन ।
nepalsandesh
कञ्चनपुरमा नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबीच कुटाकुट
महेन्द्रनगर, २१ जेठ । सत्तारुढ दल नेकपा एमाले र प्रतिपक्षी दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठनबीच कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा कुटाकुट भएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रारको द्विजराज भट्टको राजीनामाको विषयलाई लिएर नेपाल विद्यार्थी संघ र अनेरास्ववियुका कार्यकर्ताबीच कुटाकुट भएको हो ।
गत शुक्रबार विश्वविद्यालयमै तालाखोल्ने विषयमा छलफल हुँदा अनेरास्ववियुका कार्यकर्ताहरुले नेवि संघका नेता पुरोहित बडूमाथी कुटपिट गरेको हप्तादिनमै नेवि संघका कार्यकर्ताहरुले अनेरास्ववियुका नेता नविन रतौकीलाई कुटपिट गरेका छन् ।
विश्वविद्यालयकै विषयलाई दिएर नेवि संघका कार्यकर्ताहरुले गयराती रतौकीलाई कुटपिट गरेको अनेरास्ववियुका नेता नरेन्द्र कार्कीले बताए । उनका अनुसार रतौकीलाई जानकीटोल कोठामै गएर निर्धात कुटपिट गरिएको छ । कुटपिटबाट रतौकीको टाउकोमा गम्भिर चोट लागेको छ ।
उनको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिर्फर गरिएको अनेरास्ववियुका नेता नरेन्द्र कार्कीले बताए ।
रतौकी अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालयका इकाई अध्यक्ष हुन् । नेवि संघ कञ्चनपुरका अध्यक्ष अच्युत राज कलौनीले घटना भएको शुक्रबार मात्रै थाहा भएको बताउदै, नेवि संघ या अरु कसैले उनीमाथी कुटपिट गरेको बारेमा एकिन गर्न नेवि संघमा छलफल भईरहेको बताए ।
नेवि संघका कुनै पनि तहका कार्यकर्ताले कुटेको भए त्यसको जिम्मा नेवि संघले लिन तयार भएको उनको भनाई छ । अनेरास्ववियु कञ्चनपुरले भने दोसीमाथी कार्बाहीमा माग गरेको छ । नेवि संघले बडूमाथी आक्र्रमण गर्नेलाई कार्बाहीमा माग राख्दै क्याम्पसको मुुल गेट, प्रशासन धर्ना र बिहीबार दुइ घण्टा चक्का जाम समेत गरेका थिए ।
गत शुक्रबार नेवि संघले आफ्ना नेता पुरोहित बडूमाथी अनेरास्ववियुका नेताहरुले कुटपिट गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएपनि प्रहरीले राजनीतिक घटना भएकाले दत्र्ता गरेको छैन् ।
यस्तै आज अनेरास्ववियु कञ्चनपुरले पनि आफ्ना नेता रतौकीमाथी नेवि संघका नेताहरुले कुटपिट गरेको भन्दै जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने दुवै संगठनका उजुरी दत्र्ता गरेको छैन् । दुवै राजनीतिक घटना भएको दत्र्ता गरेर पनि कार्बाही गर्दा साम्य नहुने भन्दै दत्र्ता नगरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता केदार खनालले बताउनुभयो । ‘दुवै संगठनका जाहेरी प्रहरीमा आएका छन् । हामीले दत्र्ता गरेर कार्बाही अगाढी बढाउँदा समेत समस्या समाधान हुँदैन्,’ उनले भने ‘यो समस्या आपसी समझदारीका माध्यमबाट सुल्झाउनुको विकल्प छैन् ।’
रजिष्ट्रार भट्टले पदिय मर्यादा विपरित नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को समाजिक संजाल फेसबुक मार्फत अपमान गरेको भन्दै नेवि संघ र अखिल क्रान्तिकारीले जेठको पहिलो साता रजिष्ट्रार कार्यालयमा तालाबन्दी गरेका थिए ।
त्यसको ठिक भोलीपल्ट अनेरास्ववियुले पनि उपकुलपति भूषण श्रेष्ठले फेशबुक मार्फत काँग्रेसको १३ औँ महाधिवेशनमा सभापतिमा शेर बहादुर देउवालाई जिताउन प्रचार गरेको भन्दै तालाबन्दी गरेका थिए । दुवै तालाबन्दीको विषयलाई लिएर अनेरास्ववियु एकतिर छन् भने नेवि संघ, अखिल क्रान्तिकारी, क्रान्तिकारी अखिल छैटौँ एकखेमामा देखिएका छन् ।
तालाबन्दी भएको दुई हप्ता दिन वितिसक्दा पनि अझै खुलेको छैन् । दलहरुले सुप विश्वविद्यालयको निकायमा बारेमा दिनहुँ छलफल गरे पनि ठोस निकास निकाल्न सकेका छैनन् ।
राजनीतिक दाउपेचबाट विश्वविद्यालय गुज्रिएको भन्दै अभिभावकहरुले हर्ष भन्दा पनि चिन्ता व्यक्त गरिरहेका छन् । विश्वविद्यालयमा दिनहुँ तालाबन्दी किचलो, झै झगडा सुनेर यहाँका स्थानियहरु समेत चिन्तित भएका छन् ।
dainiknepal
नेपाल अन्तर्राष्ट्रिय आतंकवादीहरुको क्रिडास्थल बन्नसक्ने अमेरिकी चेतावनी
अमेरिकी सरकारले बिहिबार दिउसो विशेष रिपोर्ट सार्वजनिक गर्दै नेपाल अन्तर्राष्ट्रिय आतंकवादीहरुको क्रिडास्थल बन्नसक्ने कडा चेतावनी दिएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले आतंकवाद सम्बन्धि विश्वका विभिन्न देशहरुको रिपोर्ट सार्वजनिक गर्दै नेपाल आतंकवादीको क्रिडास्थल बन्नसक्नेमा चासो व्यक्त गरेको हो । गत वर्षको तुलनामा आतंकवादीको क्रिडास्थल बन्नसक्ने सम्भावना बढेर गएको रिपोर्टमा संकेत गरिएको छ ।
रिपोर्टमा भनिएको छ– ‘भारतसँगको खुल्ला सिमाना र विमानस्थलमा रहेको कमजोर सुरक्षाका कारण अन्तर्राष्ट्रिय आतंकवादीहरुले नेपाललाई ट्रान्जिट प्वाइन्ट वा क्रिडास्थलका रुपमा प्रयोग गर्नसक्ने जोखिम अझ बढेर गएको छ ।’
विमानस्थलमा कमजोर सुरक्षा र खुल्ला सिमाना मुख्य चुनौती
गतवर्ष सार्वजनिक रिपोर्टमा नेपाल आतंकवादीहरुको ट्रान्जिट प्वाइन्ट बन्न सक्ने भन्दै चासो व्यक्त गरिएको थियो । तर बिहिबार सार्वजनिक रिपोर्टमा नेपाल अन्तर्राष्ट्रिय आतंकवादीहरुको ट्रान्जिट प्वाइन्टमात्र नभई क्रिडास्थल नै बन्ने सम्भावना रहेको भन्दै विशेष चासो व्यक्त गरिएको छ । रिपोर्टमा भनिएको छ –‘नेपालको भारतसँगको खुल्ला सिमाना र काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कमजोर सुरक्षा नियन्त्रण कारण नेपाललाई अन्तर्राष्ट्रिय आतंकवादी समुहहरुले ट्रान्जिट प्वाइन्ट र आफ्ना गतिविधि गर्ने सम्भावित क्रिडास्थल केन्द्र बनाउनेप्रति चासोले निरन्तरता पाएको छ ।’
आतंकवादविरोधी कानुनको अभाव
अमेरिकी रिपोर्टमा नेपालभारतबीचको खुल्ला सिमानाका कारण आतंकवादको खतरा औंल्याइएपनि सिमाक्षेत्रबाट आतंकवाद नियन्त्रणका दिशामा नेपाल र भारतले समन्वय गरेको जनाइएको छ । यद्यपी आतंकवाद विरोधी लाडाईमा नेपालमा विधिको अभाव रहेको, कानुन कार्यान्वयन हुन नसकेको र सिमा सुरक्षामा समस्या रहेको रिपोर्टमा उल्लेख छ । नेपालमा आतंकवादविरोधी कानुनको अभाव रहेकोमा अमेरिकी रिपोर्टमा चासो व्यक्त गरिएको छ । रिपोर्टमा भनिएको छ –‘आतंकवाद वा आतंकवादी सञ्जालहरुलाई सामाग्री सहयोग गर्नेहरुलाई अपराधीका रुपमा कारवाही गर्नका लागि नेपालमा कानुनको अभाव रहेको छ । उदाहरणका लागि आतंकवादी गतिविधिमा संलग्न हुनेहरुलाई पनि नेपाली अदालतमा हत्या वा हिंशाको कानुन अन्तरगत मुद्दा चलाइन्छ ।’
आतंकवादविरुद्ध लड्न साधनश्रोतको अभाव
प्रायजसो नेपाली अधिकारीहरुले नेपाली माटोमा अन्तर्राष्ट्रिय आतंकवादी गतिविधिको जोखिम कम रहेको वा हुँदै नभएको रुपमा नेपाललाई हेर्ने गरेको र नयाँ कानुनको निर्माणमा उत्प्रेरणा निकै कम रहेको अमेरिकी रिपोर्टमा जनाइएको छ । रिपोर्टमा अगाडि भनिएको छ –‘नेपालले आतंकवादी घटनाको प्रतिउत्तरका लागि नेपाल प्रहरीको विशेष ब्यूरोमा युनिट त बनाएको छ तर कानुन कार्यान्वयन युनिटसँग संदिग्ध आतंकवादीको प्रभावकारी पहिचानका लागि सिमित क्षमतामात्र रहेको छ । भारतसँगको खुल्ला सिमाना र विमानस्थलमा रहेको कमजोर सुरक्षाका कारण अन्तर्राष्ट्रिय आतंकवादीहरुले नेपाललाई ट्रान्जिट प्वाइन्ट वा क्रिडास्थलका रुपमा प्रयोग गर्नसक्ने जोखिम अझ बढेर गएको छ ।’
नेपालसँग साइबर, डीएनए, बिष्फोटक जस्ता प्रमाणका आधुनिक रुपहरुको अभ्यास गर्नका लागि सिमित क्षमतामात्र रहेको रिपोर्टमा जनाइएको छ । यद्यपी नेपालको कानुन कार्यान्वयन निकायले त्यसका लागि बाह्य प्राविधिक सहयोग र तालिमका लागि भने रुची देखाएको रिपोर्टमा उल्लेख छ । अमेरिकी रिपोर्टमा नेपालले दक्षिण एसियाका देशहरुबाट आतंकवादीहरुबारे अनुसन्धानका लागि भएका अनुरोधमा भने समन्वय गरेको जनाइएको छ ।
काठमाडौंमा रहेको विमानस्थलमा रहेको कमजोर सुरक्षा अवस्थाबारे विशेष चासो व्यक्त गर्दै रिपोर्टमा भनिएको छ –‘काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झोलाहरु परिक्षण गर्ने नयाँ आधुनिक पद्धती र यात्रुहरुको एकलरुपमा चेकजाँच गर्ने प्रणालीको अभाव रह्यो । विमानस्थलका कर्मचारीहरुलाई विमानस्थलका सबैक्षेत्रमा पुग्न निषेध गर्नमा कमजोर नियन्त्रण रह्यो । साथै कर्मचारीहरुको प्रारम्भिक तथा नियमित पृष्ठभूमी परिक्षण आवश्यक मात्रमा रहेन । ’
नेपाली प्रहरी अधिकारीहरुले अमेरिकी सरकारको आतंकवादविरोधी सहायता कार्यक्रममा भाग लिएको र तालिम नेपालभित्र र बाहिर आतंकवादी ट्रान्जिटबाट देशको सिमा (हवाई र थल दुबै ) सुरक्षित गर्न जनपथ सुरक्षा शक्तिको क्षमताबृद्धिमा केन्द्रीत रहेको रिपोर्टमा उल्लेख छ ।
नेपाल सरकारले आतंकवादीहरुलाई हुने आर्थिक सहायता रोक्ने दिशामा भने प्रगति गरेको रिपोर्टमा जनाइएको छ । तर त्यो दिशामा थप कार्य र पहल आवश्यक रहेको रिपोर्टमा उल्लेख छ । आर्थिक अपराधको अनुसन्धान र सिमा सुरक्षा लगायतका विषयमा दक्षता विकाशका लागि थप कार्य जरुरी रहेको रिपोर्टमा औल्याइएको छ । रिपोर्टमा अगाडि भनिएको छ –‘सरकारी भ्रष्टाचार, कमजोर सिमा सुरक्षा कार्यान्वयनका साथ खुल्ला र ठूलो सिमाना, आर्थिक क्षेत्रका सिमित नियमहरु र ठूलो संख्यामा अनौपचारिक अर्थतन्त्रले नेपाललाई मनी लण्डरिंग र आतंकवादीलाई आर्थिक सहयोगका दिशामा संवेदनशिल बनाइरह्यो । ’
आतंकवादीलाई आर्थिक सहयोगको खतरा
हुण्डी र हवाला जस्ता गैरकानुनी माध्यमबाट पैसाको ओसारपसार हुने गरेको प्रति पनि अमेरिकी रिपोर्टमा चासो व्यक्त गरिएको छ । सरकारी र बैंक उद्योगका अधिकारीहरुका अनुशार ४० प्रतिशतको हाराहारीमा रकमको ओसारपसार हुण्डी र हवाला जस्ता गैरकानुनीमाध्यमबाट हुने गरेको अमेरिकी रिपोर्टमा जनाइएको छ । विदेशबाट आउने रकमको श्रोत कानुनी वा गैरकानुनी रहेको निर्धारण गर्नमा नेपाल सरकारसँग सिमितमात्र क्षमता रहेको भन्दै रिपोर्टमा यसबारे चासो व्यक्त गरिएको छ । नेपाल र भारबीचको खुल्ला सिमानाका कारण पैसा, सुन र जालीनोटको तस्करी पत्ता लगाउन कठिन भइरहेकोमा रिपोर्टमा जोड दिइएको छ ।
नेपाली अधिकारीहरुले कानुन कार्यान्वयन निकायहरुलाई सघाउन आर्थिक तथ्यांकसहितको कम्प्युटर प्रणाली जडान गरी सम्भावित आतंकवादीहरुको सम्पत्ति पत्ता लगाउने र रोक्का गर्ने घोषणा गरेको रिपोर्टमा जनाइएको छ । तर सन् २०१५ को अन्त्यसम्ममा पनि त्यस्तो कम्प्युटर प्रणाली संचालनमा नआएको रिपोर्टमा जनाइएको छ । नेपालको केन्द्रीय बैंकले आतंकवादीलाई आर्थिक सहयोग गरेको सुचना नआएसम्म गैरनाफामुलक संस्थाहरुलाई नियन्त्रण गर्न नसकेकोपनि रिपोर्टमा जनाइएको छ ।
रिपोर्टमा नेपाल बाहेक विश्वका अन्य देशहरुको अवस्थाबारे पनि उल्लेख गर्दै विश्व आतंकवादको खतरा गत बर्ष तीब्र गतिमा बढेको उल्लेख गरिएको छ ।
(लेखक अमेरिकाबाट प्रकाशित हुने नेपाली पत्रिका खसोखास साप्ताहिकका सम्पादक हुन् ।)
dainiknepal
भारतमा अर्काे आतंकवादी हमला, प्रहरी कमाण्डरसहित २१ मारिए
नयाँ दिल्ली, २१ जेठ । उत्तरी भारतमा बिहीबार साँझ बिहान केही तस्कर र प्रहरीबीच व्यापक मात्रामा दोहोरो भिडन्त भएको समाचार छ ।
सो भिडन्तमा परी कम्तीमा पनि १९ जना तस्कर मारिएको प्रहरीले जनाएको छ । उक्त भिडन्तका क्रममा एकजना प्रहरी अधिकृत र अर्का एकजना प्रहरी कमाण्डर पनि मारिएका छन् । अहिलेसम्म मारिनेको संख्या २१ पुगेको छ ।
शक्तिशाली हातहतिहार समेत लिइरहेका तस्करहरुले गस्तीमा खटिएको प्रहरी समूहमाथि हमला गरेको बताइएको छ ।
प्रहरीकाअनुसार सो हमलाका क्रममा कम्तीमा पनि १९ जना तस्कर मारिएका छन् । त्यसमा परी तस्करीमा सम्लग्न रहेका केही व्यक्ति घाइते भएका र घाइतेलाई तस्करहरुले नै भगाएर लगेका जानकारी दिइएको छ ।
सो घटनाले उक्त क्षेत्रमा उग्र रुप लिएको छ । त्यसैले उक्त घटनाको अनुसन्धानका लागि उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले निर्देशन दिनुभएको बताइएको छ ।
यस घटनापछि भारतका गृहमन्त्री राजनाथ सिंहले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै तस्करीविरुद्धको कारबाहीका लागि राज्य सरकारलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने धारणा पनि राख्नभयो ।
उत्तर प्रदेशको जवार बाघ क्षेत्रबाट तस्करहरुलाई हटाउने क्रममा सो भिडन्त भएको थियो ।
उक्त क्षेत्रमा यसअघि पनि जङ्गली जनावर तथा अरु स्थानीय स्रोतको तस्करी भइरहेकोले अदालतको आदेशमा ती तस्करलाई हटाउने क्रममा सो भिडन्त भएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई ती क्षेत्रबाट हटाउने क्रममा ती तस्करले पहिला प्रहरीमाथि हमला गरेका थिए । त्यसपछि प्रहरीले पनि हमला गरेको थियो ।
उक्त क्षेत्रमा यसअघि पनि तस्कर र प्रहरीबीच बारम्बार भिडन्त हुने गरेको थियो । स्थानीय नागरिकले पनि त्यहाँबाट तस्करलाई हटाइदिन पहिले पनि माग गरी आएका थिए । रासस/एपी
dainiknepal
मोदीलाई नेपालीले “नाइँ” भनेपछि नाकाबन्दी- मणि शंकर ऐयर
काठमाडौं ।
भारतले नेपालमाथि लगाएको ५ महिने नाकाबन्दी सकिएको पनि केही समय वितिसकेको छ । नेपालमा नाकबन्दीका असर बाँकी रहेपनि त्यसमाथिको बहस सेलाइसकेको छ । तर नेपालमाथि लगाएको नाकाबन्दी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने भारी परिरहेको छ ।
भारतीय प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले नेपालमाथि लगाइएको नाकाबन्दीलाई मोदीको असफल विदेशी नीतिको चित्रण गर्न प्रमुख हतियार बनाइरहेको छ । यसै क्रममा भारतीय कांग्रेसका राज्य सभा सांसद मणि शंकर ऐयरले मोदीको नेपाल नीतिमाथि भयंकर कटाक्ष गर्दै बहसलाई पुनः सतहमा ल्याएका छन् ।
मोदी नेपाल गए, तब उनले गौरवसाथ घोषणा गरे की विगत २५ वर्षयता नेपाल भ्रमण गर्ने उनी पहिलो भारतीय प्रधानमन्त्री हुन् । र, यसलाई उनले विदेश नीतिको उपलब्धी ठाने । तर यसो भन्दै गर्दा उनीभन्दा अघिका प्रधानमन्त्रीले यतिका लामो अवधीसम्म नेपाल भ्रमण किन गरेनन् भन्ने कुराको जवाफ उनले दिएनन् । उनीहरू नेपाल गएनन् किनकी नेपाल संक्रमणकालको भासमा फसेको थियो । नेपलको आन्तरिक नीतिका समग्र तत्वहरू एकअर्कासँग मुठभेडरत अवस्थामा थिए, जसकारण नेपालले संविधान पाउन सकेको थिए । यसरी मुठभेडमा उत्रिनेहरूमध्ये सबैजना या त भारतप्रति आशातित नजरले हेर्ने गर्थे, वा धारे हात लगाउँथे । यस्तो अवस्थामा नेपालको संविधान निर्माणमा भारत संलग्न भएमा नेपालीहरूको सार्वभौमसत्ता खुम्चिन सक्थ्यो ।
नेपालमा नाकाबन्दी लागिरहेको समयमा भारतीय केन्द्रीय सरकारमा प्रतिपक्षी रहेका पार्टीका मात्र नभएर सत्तारुढ भारतीय जनता पार्टीका सांसदले समेत सरकारको नेपाल नीतिको कडा आलोचना गरेपछि विदेशमन्त्री सुष्मा स्वराजलाई जवाफ दिन हम्मे हम्मे परेको थियो । यो बहसमा सबैभन्दा आक्रामक र नेपाल मैत्री देखिएका थिए कांग्रेसका नेता मणिशंकर ऐयर । मणिशंकर ऐयर तिनै ब्यक्ति हुन् जसले केही समय अघि नेपाल नीतिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रचार शैली गोयवल्सको प्रोपोगाण्डा जस्तै भएको भन्ने आलेख लेखेर नेपालीहरुको मन जितेका थिए । राज्य सभामा नेपालबारे भएको बहसमा मणि शंकरले मोदी सरकारको दोहोलो काडे र विदेशमन्त्री सुष्मा स्वराजलाई समेत नाजवाफ पारिदिएका थिए ।
मणिशंकरले मोदीले नेपालमाथि लगाएको नाकाबन्दीका कारण खोतल्दै पुनः एउटा कार्यपत्र प्रस्तुत गरेका छन् जसले अहिले भारतमा ठूलो बहस जन्माएको छ । मोदीको विदेश नीतिमाथि प्रकाशित उनको कार्यपत्र ‘आइडिया अफ इन्डिया’ नामक एक सम्मेलनमा प्रस्तुत भएको थियो । भारतीय अनलाईन पत्रिका ‘द सिटिजन’ले उनको कार्यपत्रलाई जस्ताको तस्तै प्रकाशित गरेको छ ।
मणिशंकर ऐयरको कार्यपत्रको सार यस्तो छः
‘विदेश नीतिमा भारतले आजका दिनमा हासिल गरेका उपलब्धीका सुची के हुन् ? जब प्रधानमन्त्री मोदी नेपाल गए, तब उनले गौरवसाथ घोषणा गरे की विगत २५ वर्षयता नेपाल भ्रमण गर्ने उनी पहिलो भारतीय प्रधानमन्त्री हुन् । र, यसलाई उनले विदेश नीतिको उपलब्धी ठाने । तर यसो भन्दै गर्दा उनीभन्दा अघिका प्रधानमन्त्रीले यतिका लामो अवधीसम्म नेपाल भ्रमण किन गरेनन् भन्ने कुराको जवाफ उनले दिएनन् । उनीहरू नेपाल गएनन् किनकी नेपाल संक्रमणकालको भासमा फसेको थियो । नेपलको आन्तरिक नीतिका समग्र तत्वहरू एकअर्कासँग मुठभेडरत अवस्थामा थिए, जसकारण नेपालले संविधान पाउन सकेको थिए । यसरी मुठभेडमा उत्रिनेहरूमध्ये सबैजना या त भारतप्रति आशातित नजरले हेर्ने गर्थे, वा धारे हात लगाउँथे । यस्तो अवस्थामा नेपालको संविधान निर्माणमा भारत संलग्न भएमा नेपालीहरूको सार्वभौमसत्ता खुम्चिन सक्थ्यो । हामी अन्य ठूला र शक्तिशाली राष्ट्रहरूले हाम्रो सार्वभौमसत्ताको रक्षा गरौं भन्ने चाहन्छौं भने हामीले आफूभन्दा साना राष्ट्रहरूसँग पनि त्यस्तै व्यवहार गर्न आवश्यक थियो । यही कुरालाई महसुस गरेर मोदीअघिका प्रधानमन्त्री नेपाल गएनन् ।
को हुन् भारतको संसद थर्काउने नेपालका सच्चा मित्र मणि शंकर
मणि शंकरले कार्यपत्रमा भनेका छन्,” मोदीले आफूले मन पराएका प्रधानमन्त्रीलाई अर्कैले विस्थापित गर्न लागेको देखेपछि जय शंकरलाई पठाए । उनको सन्देश थियो ‘पास भैसकेको संविधान कार्यन्वयन नगर’। एक जना टिप्पणीकारले विदेश सचिव मणि शंकरको बडी ल्याङ्वेज लर्ड क्रुजनको जस्तो रहेको भनेका छन् । यत्तिकैमा प्रष्ट देखियो कि हाम्रो सबैभन्दा नजिकको छिमेकीप्रति नीतिमा गम्भिर खोट छ ।”
नाकाबन्दी किन लगाइयो ?
मणि शंकरले नेपालमाथि नाकाबन्दी लगाउनुको प्रमुख कारण मोदीको आदेश मान्न नेपालीले अस्वीकार गर्नु भएको बताएका छन् । उनले भनेका छन् । “प्रधानमन्त्री मोदी नेपाल गए । नेपाली केटाकेटीहरूले झण्डा हल्लाउँदै मोदीलाई स्वागत गरे । आफ्नो नेपाल भ्रमण सफल भएको भन्दै मोदी फर्किए ।
मणिशंकरको ब्यङ्ग्यः नेपाललाई चीनको पोल्टामा पुर्याएर राम्रो गर्यौ मोदी !
त्यसपछि नोभेम्बरमा उनी फेरि नेपाल गए । त्यतिबेला उनले जनकपुर जान जबरजस्ती गरे । आफ्नो र नेपालको हिन्दुवादी छवी जनकपुर भ्रमणबाट बलियो बन्ला भन्ने उनले सोचेका थिए । जनकपुर गएर उनले र्याली आयोजना गर्न खोजेका थिए, मानौं उनी नेपालको नभएर भारतको कुनै ठाउँमा जाँदैछन् । र्यालीमा उनले साइकल वितरण गर्न चाहेका थिए । साइकल वितरण गरेर उनले नेपालमा आफन्त हुने भारतीय मतदातालाई आफ्नो पक्षमा पार्न खोजेका थिए । मोदीको यस्तो नियत बुझ्न नेपालीहरू त्यति पछि परेनन् । उनीहरूले मादीलाई र्याली निकाल्न र साइकल वितरण गर्न दिएनन् । आफूलाई ‘नाइँ’ भनेकामा हलिउड सुन्दरी मार्लिन मुनरोको भन्दा १४ इन्च ठूलो छाती भएका मोदीले नेपालीहरूलाई निकै चर्को मुल्य तिर्न बाध्य बनाए ।”
को हुन् मणि शंकर ?
मणि शंकर भारतका पूर्व कुटनीज्ञ हुन् । इण्डियन नेशनल कंग्रेसका सदस्य र नेता रहेका उनी मनमोहन सिंहको सरकारमा पञ्चायती राज मन्त्रीकोरुपमा काम गरेका थिए । उनले भारतको पेट्रोलियम तथा राष्ट्रिय ग्यास मन्त्रीकोरुपमा समेत काम गरेका छन् । सन् १९६३ मा भारतीय विदेश मामिला सेवा प्रवेश गरेका उनले भारत सरकारको कुटनीतिज्ञकोरुपमा सहसचिव सम्म भएका थिए । उनी भारतीय संसदमा विदेश मामिला विज्ञकारुपमा पनि चिनिन्छन् ।
केही समय अघि मात्र मणि शंकरले ‘पाकिस्तान पछि अर्को छिमेकीलाई एक्ल्याउँदै मोदी’ शीर्षकको लेखमा नेपालमा मोदीको प्रपोगाण्डा गोयबल्सको शैलीलाई पनि मात दिने रहेको तर मोदीले असल सम्बन्ध रहेको छिमेकी नेपाललाई पनि एक्ल्याउने स्तरमा उत्रिएको भनेका थिए । भारतीय जनता पार्टीको आधार नै धार्मिक अतिबादी संगठन रहेको शन्दर्भमा नेपाललाई हिन्दु राष्ट्र बनाउने अभिष्ट पुरा नहुनु र भारतप्रति विशेष बफादार मानिएका मधेशी नेताले भने जस्तो माग समेत नपरेको कारण देखाएर मोदीले बैचारिक र चुनावी फाइदा लिन खोजेको उनको भनाइ थियो ।
नरेन्द्र मोदीले २०२६ सम्म भारतमा शासन गर्ने नोस्ट्राडामसको भविष्यवाणी
त्यसैगरी उनले केही दिन अघि नेपाललाई चीनको पोल्टामा पठाएको भन्दै मोदीलाई ब्यङ्गयात्मक बधाई दिएका थिए । भारतीय कांग्रेसले मोदीले नेपाललाई चीनको पोल्टामा पठाएको भन्दै मोदीको छिमेकी नीतिको जमेर आलोचना गरिरहेको छ ।nepaliheadlines