Friday, June 3, 2016

भारतमा अर्काे आतंकवादी हमला, प्रहरी कमाण्डरसहित २१ मारिए

नयाँ दिल्ली, २१ जेठ । उत्तरी भारतमा बिहीबार साँझ बिहान केही तस्कर र प्रहरीबीच व्यापक मात्रामा दोहोरो भिडन्त भएको समाचार छ ।
सो भिडन्तमा परी कम्तीमा पनि १९ जना तस्कर मारिएको प्रहरीले जनाएको छ । उक्त भिडन्तका क्रममा एकजना प्रहरी अधिकृत र अर्का एकजना प्रहरी कमाण्डर पनि मारिएका छन् । अहिलेसम्म मारिनेको संख्या २१ पुगेको छ ।
शक्तिशाली हातहतिहार समेत लिइरहेका तस्करहरुले गस्तीमा खटिएको प्रहरी समूहमाथि हमला गरेको बताइएको छ ।
प्रहरीकाअनुसार सो हमलाका क्रममा कम्तीमा पनि १९ जना तस्कर मारिएका छन् । त्यसमा परी तस्करीमा सम्लग्न रहेका केही व्यक्ति घाइते भएका र घाइतेलाई तस्करहरुले नै भगाएर लगेका जानकारी दिइएको छ ।mariyo
सो घटनाले उक्त क्षेत्रमा उग्र रुप लिएको छ । त्यसैले उक्त घटनाको अनुसन्धानका लागि उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले निर्देशन दिनुभएको बताइएको छ ।
यस घटनापछि भारतका गृहमन्त्री राजनाथ सिंहले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै तस्करीविरुद्धको कारबाहीका लागि राज्य सरकारलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने धारणा पनि राख्नभयो ।
उत्तर प्रदेशको जवार बाघ क्षेत्रबाट तस्करहरुलाई हटाउने क्रममा सो भिडन्त भएको थियो ।
उक्त क्षेत्रमा यसअघि पनि जङ्गली जनावर तथा अरु स्थानीय स्रोतको तस्करी भइरहेकोले अदालतको आदेशमा ती तस्करलाई हटाउने क्रममा सो भिडन्त भएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई ती क्षेत्रबाट हटाउने क्रममा ती तस्करले पहिला प्रहरीमाथि हमला गरेका थिए । त्यसपछि प्रहरीले पनि हमला गरेको थियो ।
उक्त क्षेत्रमा यसअघि पनि तस्कर र प्रहरीबीच बारम्बार भिडन्त हुने गरेको थियो । स्थानीय नागरिकले पनि त्यहाँबाट तस्करलाई हटाइदिन पहिले पनि माग गरी आएका थिए । रासस/एपी
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog