Friday, June 3, 2016

घरबेटीकी छोरीको मुख थुनेर बलत्कार

२०७३ जेष्ठ २१ शुक्रबार

वीरगन्जः डेरा बस्दै आएको घरकी १२ वर्षीय बालिकालाई एक युवकले घरको छतमा लगेर बलत्कार गरेको खुलासा भएको छ ।

गत बुधबार वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ९ रामटोल घर भएकी बालिकालाई उनकै घरमा डेरा बस्ने युवाले छतमा लगेर बलत्कार गरेको खुलेको हो ।gare

बालिकाको घरमा डेरा गरी बस्ने १९ बर्षीय राजा शेखले घरबेटीकी १२ बर्षीया छोरीलाई दिउँसै बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शेखले बुधबार दिउँसो साढे दुई बजेतिर बालिकालाई जबरजस्ती घरको छतमा लगेर बलत्कार गरेका थिए ।

धोएको कपडा छतमा सुकाएर फर्कदै गरेकी बालिकालाई शेखले मुख थुनेर दुव्र्यवहार गरेको देखेर बालिकाका भाइले होहल्ला गरेका थिए ।

बालिकाको भाइले होहल्ला गर्नसाथ शेख भागेका थिए । पीडित बालिकाका अभिभावकले बिहीबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । फरार शेखलाई प्रहरीले बिहीबार नै पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।

प्रहरीले पीडित बालिका र आरोपित शेखको नारायणी उपक्षेत्रीय अस्पतालमा शुक्रबार स्वास्थ्य परीक्षण गराएको छ ।

पक्राउ परेका शेखलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । अस्पतालबाट स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि आवश्यक कारबाही प्रकृया अगाडि बढाइने प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

यस्तै, गत जेठ १२ गते पर्साको चोर्नी गाविसमा पनि दुई युवकले एक बालिकालाई बलत्कार गरेका थिए ।

चोर्नी गाविस वडा नम्बर ४ का १८ बर्षीय अनिल महत्तो र उपेन्द्र पासवानले स्थानीय १० बर्षीया बालिकालाई पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ।आरोपित दुवै युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जेठ १२ गते राति ९ बजे तिर घर नजिकै पानी लिन गएकी बालिकालाई महत्तो र पासवानले हातखुटुटा समातेर चापकल भएको स्थान भन्दा पाँच सय मिटरको दुरीमा रहेको चौरमा लगेका थिए ।

चौरमा लगेपछि दुवै जनाले पालैपालो जबरजस्ती बलत्कार गरेको पीडित बालिकालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

घटना १२ गते भएको भए पनि पीडित बालिकाका बुबाले जेठ १६ गते मात्र प्रहरीमा उजुरी दिएका थिए ।

उजुरीको आधारमा आरोपितद्वय महत्तो र पासवानलाइ जेठ १६ गते नै पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

पीडित बालिका र आरोपित दुवै युवकको नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको र स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि आवश्यक कार्वाही प्रकृया अगाडि बढाइने प्रहरीले बताएको छ ।

पर्सामा चालु आर्थिक वर्षमा बलत्कार सम्बन्धि १९ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत साउन देखि जेठ १९ गतेसम्म बलत्कार सम्बन्धि १९ मुद्दा दर्ता भएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।

दर्ता मुद्दामध्ये जबरजस्ती करणीका १३ र जबरजस्ती करणी उद्योगका सात वटा मुद्दा दर्ता भएको श्रेष्ठले जानकारी दिए ।

बलात्कारमा संलग्न १९ पक्राउ परिसकेको र आठ फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७१÷०७२ मा भने पर्सामा जबरजस्ती करणी सम्बन्धि २१ वटा मुद्दा दर्ता भएका थिए ।
annapurnapost



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog