विवाद चर्किएपछि एमालेले बोलायो बैठक
२२ जेठ, काठमाडौं ।
पार्टीभित्र विवाद चर्किदै गएपछि सत्तारुढ दल नेकपा एमालेले स्थायी समितिको बैठक बोलाएको छ ।
सरकार परिवर्तन तथा पार्टीका आन्तरिक विषयमा शीर्ष नेताबीच तीव्र मतभेद भएपछि त्यसमाथी छलफल गर्न भन्दै प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले वैठक बोलाएका हुन् ।
माओवादीसँग भएको भनिएको भद्र सहमति, पार्टीभित्र ओलीले गरेको ज्यादतीका विषयमा शीर्ष नेताहरु खुलेरै प्रतिवादमा उत्रेका छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले कुनै सहमति नभएको जनाउदै आएपनि नेताहरु झलनाथ खनाल र माधव नेपालले सहमति भएको जनाउँदै आएका छन् ।
जसका कारण ओलीले विपक्षी दलका साथसाथै आफ्नै दलभित्र समेत भद्र सहमतिका विषयको सामना गर्न परिरहेको छ । वैठकमा सरकार परिवर्तनबारे छलफल हुने जनाइएको छ ।
प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बिहान ११ बजे बैठकमा पार्टी संरचना बारे समते छलफल हुने छ ।nepaliheadlines