Friday, June 3, 2016

संघीय गठबन्धनको बैठक शनिबार बस्दै, रिले अनशनमा छलफल केन्द्रित हुने

काठमाडौं, २१ जेठ । खुलामञ्चमा सुरु हुन लागेको रिले अनशनका विषयमा छलफल गर्न मधेसी मोर्चासहितका दल आबद्ध संघीय गठबन्धनको बैठक शनिबार बस्ने भएको छ ।batak
काठमाडौंको तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा शुक्रबार बसेको सचिवालय बैठकले खुलामञ्चमा जेठ २५ गतेदेखि सुरु हुन थालेको रिले अनशनका विषयमा गठबन्धनमा छलफल हुनेछ ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य केशव झाका अनुसार शनिबार बस्ने गठबन्धनका शीर्ष नेताहरुको बैठकमा रिले अनशनका विषयमा भएको तयारीकै विषयमा छलफल केन्द्रित हुनेछ ।
संघीय गठबन्धनले खुलामञ्चको रिले अनशनलाई व्यवस्थापन गर्न नेवाः राज्य समितिलाई जिम्मेवारी दिएको छ । रामसपाका प्रवक्ता झाका अनुसार अनशनलाई व्यवस्थित बनाउन सांस्कृतिक सहितका विभिन्न उपसमितिहरु पनि बनेका छन् ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog