६२ करोडको फिल्मको लागि अक्षयको पारिश्रमिक मात्र ४२ करोड!
बलिउड नायक अक्षय कुमारले ‘जोली एलएलबी-२’ को सुटिङ सुरु गरेका छन्। ६२ करोडको बजेट रहेको यो सिक्वेल चलचित्रमा अक्षय कुमारको पारिश्रमिक मात्र ४२ करोड भारु रहेको बताइएको छ।
अक्षयले फिल्मको लागि लगातार ४२ दिन सुटिङ गर्नेछन्। अर्थात एक दिनको लागि अक्षले एक करोड भारु पारिश्रमिक लिनेछन्।
जोली एलएलबी फिल्ममा पहिले अशरद वारसीले अभिनय गरेका थिए। सिक्वेलमा उनको ठाउँ अक्षयले लिएका हुन।
फिल्म सुभाष कपुरले निर्देशन गर्नेछन्। फिल्मका बाँकी कलाकारको छिनोफानो भइसकेको छैन।
थौरै बजेटको कारण फिल्ममा कुनै महंगा सुटिंङ सेट हुनेछैनन्। यस्तै फिल्म अक्षयले फराह खानसंग ‘तीस मार खां’ र प्रियदर्शनसंग ‘खट्टा मीठा’ गरेका थिए।
वर्षमा तीनवटा फिल्म कम्तिमा पनि खेल्ने अक्षयको योजना रहनेगरेको छ। चर्को पैसा लिएर फिल्म खेल्दा फिल्म फ्लप भए आफ्नो पारिश्रमिक घटाएर फिल्मको मुनाफाबाट मात्र पैसा लिने गर्छन्।
अघिल्लो वर्ष आएको फिल्म ‘बेबी’ले आशा अनुसार व्यापार नगरेपछि अक्षयले अन्य फिल्मको लागि आफ्नो पारिश्रमिक घटाएका थिए।nepaliheadlines