Friday, June 3, 2016

विमल घर्तीमगरलाई खुल्ला पत्रः खुट्टा लर्बराएको भए सन्यास लेउ, अब फुटबल नखेले हुन्छ

शुक्रबार, २१ जेठ

राजेन्द्र पोखरेल, हाल दुवई
विमल घर्तीमगर, हामी नेपालीहरुको मायाँले जन्माएका फुटबलर हुन् । सायद, नेपालीले सबैभन्दा धेरै मायाँ गरेका फुटबलर तिमी नै हौ । उनलाई नेपाली फुटबलले पत्याइ रहनुपपर्ने एउटा मात्रै कारण छ, त्यो हो सन् २०१३ को साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको बराबरी गोल ।
उनले यो बाहेक अन्य धेरै खेलहरु खेलाका छन् र निर्णयक भुमिका पनि निभाएका छन् । उनीप्रति हामी सबैको आस्था, विश्वास र भरोसा पनि छ ।
अहिले उनी शोकको अवस्थामा छन् । उनको परिवारमा परेको पीडामा हामी पनि दुःखी भएका छौं । उनको मृत बहिनीको आत्माले शान्ति पाओस् र विमलको शोकाकुल परिवारमा इश्वरले ध्रैर्य धारण गर्ने शक्ति प्रदान गरुन् । आम नेपाली फुटबलका प्रशंसकहरु यतीबेला शोकाकुल छन् ।billai

तर, पछिल्लो समयमा विमल घर्तीले सामाजिक सञ्जालहरुमा र विभिन्न मिडियाहरुमा दिएका अभिव्यक्तिका कारण उनीप्रति दुःख पनि लागेको छ ।

विमलले पछिल्लो समय देशले मेरो बहिनीको हत्यारालाई उन्मुक्ति दिँदै छ, प्रहरीको रिपोर्ट गलत छ, मेरो परिवारलाई न्याय दिदैन भने म किन देशका लागि खेल्ने, लगायतका अभिव्यक्तिहरु दिइरहेका छन् ।
त्यो हामीले पढिरहेका छौं । विमलका यी अभिव्यक्ति पीडाको क्षणमा बोलिएका अभिव्यक्तिहरु हुन्, त्यो पनि थाहा छ ।
तर, उनले भनेजस्तै उनी देशका लागि अब किन खेल्ने ? उनले यतीबेला आफ्नो हैसियत विर्सिएका छन् ।
सायद मान्छेले आफ्नो हैसियत विर्सिएपछि यस्तै हुन्छ ।
यस्तै विचार आउँछ । जस्को जे क्षमता छ, उस्ले त्यही चिज दिने न हो । विमलले जे बोल्न हुदैन थियो, ते बोल्दा उनका प्रशंसकहरु दुखि बनेका छन् ।

विमलले म देशका लागि अब किन खेल्ने ? भन्नुले सबैभन्दा दुखि बनाएको छ । विमललाई मेरो एउटा प्रश्न छ कि विमल तिमिले किन त्यो आशिष चौधरीलाई आफ्नी बहिनी मनिषाको बेडरुमसम्म छिर्ने मौका दियौं ? तिमिलाई पहिल्यै थाहा रहेछ त उनीहरु बीचको यस्तो सम्बन्धका बारेमा ।
अनि किन तिम्री बहिनी र चौधरीले सँगै बसेर हातमा ब्लेडले चिर्दा बहिनीलाई सम्झाएनौं ? घरमा आउँदा पाखुरामा घाउ बनाएर आएकी बहिनीलाई किन कहिल्यै सम्झाएनौ ? अनि क्षणीक आवेगमा आएर यस्तो उमेरमा जे पनि गर्न सक्ने अवस्था देख्दा देख्दै किन बहिनीलाई सधैं आशिषकै छायाँमा छाड्यौ ? पहिला आफुले बहिनीलाई सम्भाउनु पर्ने थियो, त्यो गल्ती तिमी र तिम्रो परिवारबाट भएको छ ।
अब यो, हत्या वा आत्महत्या जे भए पनि अनुसन्धान जारी रहेको छ र प्रहरीले दोषीलाई उन्मुक्ती दिने छैन । तर, तिमि किन अनुसन्धानलाई अविश्वास गर्दै अभिव्यक्ति दिन्छौ ? प्रहरीले यती धेरै मेहनत गरिरहेको छ कि, दोषीले चाहेर पनि उन्मुक्ती पाउने अवस्था छैन । तर, तिमी किन एकोहोरो बर्बराउँदै छौं ?
हामी आम नेपालीहरु, जो तिमीलाई मन पराउँछौं र तिम्रो परिवारले न्याय पाउनुपर्छ भनिरहेका छौं, हामीलाई नै नमज्जा लाग्नेगरि किन बोल्दैछौ ? यदि तिमिले यस्तो भन्छौं भने हामीलाई पनि तिमी चाहिदैन ।

हामीले जन्माएको र हाम्रौ मायाँ र सद्धभावले यहाँसम्म आइपुगेका विमललाई अब हामीले कुनै बेलाको खेलाडी थियो भन्ने दिन नआओस् । तिमिले बोलेका सबै कुरा सहि, एक मात्र गलत, देशका लागि किन खेलौं भन्ने प्रश्न फिर्ता लेउ, नत्र हामी तिम्रो खेल हेर्न छाडेर फिर्ता हुनेछौं ।
विमन, तिमी स्थापित हुन देश चाहिन्छ, देशवासीको मायाँ चाहिन्छ, अनि हामीलाई तिमी चाहिन्छ । तर, तिमी आफुलाई सर्बेसर्वा र देशबासीलाई सुन्य देख्न नखोज ।
यो गल्ती तिमीबाट हुने छैन । विश्वका धेरै फुटबलरहरुले आफु महान्, देश सामान्य भन्दाको अवस्था सम्झ । जस्तो कि, ब्राजिलका डिएगो कोस्टाले देशलाई विर्से र स्पेनबाट फुटबल खेल्नचाहे । तर, अहिले उनलाई न ब्राजिलले लिन्छ, न स्पेनले नै महत्व दिएको छ ।
सयौं यस्ता घटना भएका छन् । त्यसकारण गोल गर्ने बेलामा खुट्टा लर्बराउने कुरा नगर । हामी तिम्रो साथमा छौं, तिमीले हामीलाई धोका दिन मिल्दैन ।
nepalsandesh



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog