Friday, June 3, 2016

विश्वकै उत्कृष्ट बक्सर मोहम्मद अलीको निधन

काठमाडौं, २२ जेठ । बक्सिंग खेलका महान हस्ती मुहम्मद अलीको निधन भएको उनका परिवारका प्रवक्ताले बताएका छन् ।
अली ७४ वर्षका थिए । ठूलो तौल समूह अर्थात हेभिव्येट बक्सिंगका पूर्व विश्व विजेता अली संसारकै उत्कृष्ट खेलाडीमध्येका एक मानिन्छन् ।
उनी पछिल्लो समय अमेरिकाको एरिजोना राज्यको फिनिक्समा अस्पतालमा उपचाररत थिए । लामो समययता श्वासप्रश्वासको समस्यासंग जुधिरहेका उनलाई पार्किन्सन्स् रोगले थप जटिल बनाएको थियो ।nidan
खास नाम क्यासियस मार्सेलस क्ले भएका अली १९६० को रोम ओलम्पिक्समा ‘लाइट हेभिव्येट’मा स्वर्णपदक जितेपछि चर्चामा आएका थिए ।
आफ्नो खेल जीवनमा उनले ६१ वटा प्रतिस्पर्धामा भाग लिए जसमध्ये ५६ वटामा उनले जित हात पारे ।
सन् १९८१ मा उनले खेलजीवनबाट सन्यास लिएका थिए ।
– बीबीसीबाट
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog