Friday, June 3, 2016

नेपालबारे अमेरिकालाई किन चिन्ता ? आतंकवादीको क्रिडा हुने चेतावनी

काठमाडौं, २२ जेठ । अमेरिकी विदेश मन्त्रालयले नेपाल कमजोर सुरक्षा प्रणालीका कारण अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरुको क्रिडास्थल बन्न सक्ने चेतावनी दिएको छ ।
विश्वका विभिन्न मुलुकमा भइरहेको आतंकवादी समस्याका सम्बन्धमा शुक्रवार सार्वजनिक गरिएको रिपोर्टमा अमेरिकी विदेश मन्त्रालयले भनेको छ(‘भारतसँगको खुला सिमाना र काठमाडौंमा रहेको एकमात्र अन्तर्राष्ट्रि विमानस्थलको कमजोर सुरक्षा प्रणालीका कारण नेपालमा आतंकबादीहरुको क्रिडास्थल बन्न सक्छ ।’kada
रिपोर्टमा भनिएको छ– अन्तर्राष्ट्रिय आतंकवादी संगठनले नेपालको कमजोर सुरक्षा प्रणालीबाट फाइदा उठाएर उनीहरुले नेपाललाई ट्रान्जिट प्वाइन्ट मात्र नबनाई क्रिडास्थल नै बनाउने खतरा बढेर गएको छ ।’
नेपालमा आतंकबादविरुद्धको कानुन नै अहिलेसम्म बन्न नसकेको र भारतीय सीमामा परिचालित सुरक्षा फौजसमेत प्रभावकारी नभएको भन्दै रिपोर्टमा नेपाल प्रहरीसँग आतंकवादसँग लड्न सानो संयन्त्र भएपनि यसले प्रभावकारी भूमिका खेल्नेमा अमेरिकाले शंका व्यक्त गरेको छ ।
नेपालको सुरक्षा निकायमा आधुनिकता प्रवेश गर्न नसक्दा आतंकवादी संगठनले त्यसको फाइदा उठाएर नेपाललाई आफ्नो क्रिडास्थल बनाउन सक्नेतर्फ रिपोर्टमा सचेत गराइएको छ ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog