Friday, June 3, 2016

एमालेका ठूलाई नेताहरूलाई रोजगारी

काठमाडौं, २२ जेठ । एमालेले ३१ केन्द्रीय विभागलाई पूर्णता दिएको छ । यससँगै करिब सात सय नेता–कार्यकर्ताले नयाँ जिम्मेवारी पाएका छन् ।
एमालेमा संगठन, प्रचार, पार्टीको आन्तरिक मामिला र राजकीय मामिलासँग जोडिने विभाग छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।jagir
महासचिव ईश्वर पोखरेल नेतृत्वको तीन सदस्यीय कार्यदलले विभागमा रहने नेता–कार्यकर्ताको नाम टुंग्याएको हो ।
कार्यदलमा सचिवद्वय पृथ्वी सुब्बा गुरुङ र गोकर्ण विष्ट सदस्य थिए । ४ वैशाखको केन्द्रीय कमिटी बैठकले विभागको टुंगो लगाउने जिम्मा कार्यदललाई दिएको थियो ।
३१ विभागमध्ये १४ मा संस्थापन र १७ मा वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरू प्रमुख छन् ।
विभागीय प्रमुखलाई काम गर्न सहज हुनेगरी सदस्यको नाम टुंग्याइएको छ ।
समग्रमा नेपाल पक्षका नेता–कार्यकर्ता बढी हुनेगरी विभागले पूर्णता पाएको छ ।
३१ विभागमध्ये महत्त्वपूर्ण मानिने संगठन विभागमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सन्तुलन मिल्नेगरी सदस्य मनोनीत भएका छन् ।
संस्थापनबाट प्रमुख पृथ्बी सुब्बा गुरुङ, उपप्रमुख भानुभक्त ढकाल, सचिव ज्ञानबहादुर भुजेल तथा सदस्यहरूमा शंकर पोखरेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, रामप्रीत पासवान, यामलाल कँडेल, बिन्दा पाण्डे, दलबहादुर राना, जगत विश्वकर्मा, केदार न्यौपानेसहित १२ जना छन् ।
त्यस्तै नेपाल समूहबाट सुरेन्द्र पाण्डे, राजेन्द्रप्रसाद पाण्डे, बेदुराम भुसाल, पशुपति चौलागाईं, श्रीमाया थकाली, शत्रुघन महतो, बैजनाथ चौधरी, गरिमा शाह र जीवन घिमिरेसहित नौजना छन् ।
तत्काल चारजना रिक्त रहे पनि दुवै पक्षले आधा–आधा भागबन्डाबाटै टुंग्याउने तयारी छ ।
गत चैत तेस्रो साता सम्पन्न स्थायी समिति बैठकमा संस्थापनले संगठन विभागमा एकलौटी गर्न खोजेको भन्दै नेपाल पक्षले आपत्ति जनाएको थियो ।
विवादका कारण अरू विभागका नाम पनि नटुंगिएपछि कार्यदल बनेको थियो ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog