Friday, June 3, 2016

संसदमा अर्थमन्त्रीको कडा जवाफ, तराईका चार जिल्लालाई पैसा नदिने

काठमाडौं, जेठ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/७४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुभएको छ ।
आजै बसेको संसदको दोस्रो बैठकमा अर्थमन्त्री पौडेलले सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिनुभएको हो । जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै क्षत्रीय सन्तुलन मिलाएर ल्याएको बताउनुभयो ।
‘बजेटले सबै क्षत्रीय सन्तुलन पाएको छ’, उहाँले भन्नुभयो, ‘बजेटले विकास, पूर्वाधार र निर्माणलाई ध्यान दिएको छ ।’
त्यसैगरी, अर्थमन्त्री पौडेलले बजेटमा दाङसहितका तराईका चार जिल्लालाई आधुनिक शहर बनाउने भनेर छुटाइएकोमा सांसदहरूले आपत्ति जनाएका थिए । सांसद दीपक गिरी, योगेन्द्र चौधरीले तराईका जिल्लालाई दिइएको आधुनिक शहर निर्माणसम्बन्धी बजेट उपलब्ध गराउन माग गर्नुभयो ।3
अर्थमन्त्री पौडेलले तराईका १८ जिल्लाका लागि सदरमुकामहरूमा पचास–पचास करोड रुपियाँ खर्च हुने गरी नौँ अर्ब बिनियोजन गरेको भन्दै यसलाई अन्यथा नलिन आग्रह गर्नुभयो । उहाँले तराईका जिल्लाहरूका सदरमुकामहरूलाई बिनियोजन गरेको रकम फ्रिज नगर्ने व्यवस्था गरिएको बताउनुभयो ।
सरकारले झापा, मकवानपुर, चितवन र दाङलाई आधुनिक शहर बनाउन बजेट नदिएपछि सांसदहरूले कडा आपत्ति जनाएका थिए । सांसदहरूको आपत्ति पछि अर्थमन्त्री पौडेलले आगामी दिनमा अरु जिल्लाहरूमा पनि यो व्यवस्था लागू गर्ने भन्दै तत्काल चार जिल्लालाई आधुनिक शहरका लागि पैसा नदिने बताउनुभयो ।
अर्का सांसद बुद्धिराम भण्डारीले दाङ–सल्यान–सुर्खेत जोड्ने सडक निर्माणमा सरकारले बजेटमा छुटाएको भन्दै आपत्ति जनाउनुभयो ।
सांसद योगेन्द्र चौधरीले अर्थमन्त्रीले पाल्पा र रुपन्देहीमा दुई वटा मेडिकल कलेज भइसकेको स्थानमा स्वास्थ्य विज्ञान प्रतिष्ठान राखेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, ‘पाल्पा र रुपन्देहीमा दुई वटा मेडिकल कलेज छन् ।
त्यस्तो ठाउँमा किन स्वास्थ्य विज्ञान प्रतिष्ठान चाहियो ? राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठन बनाउने धेरै कुरा अगाडि बढिसकेको थियो । यसलाई बजेट रोक्नु गतल छ ।’
हुलाकी सडक निर्माणका लागि ढिलासुस्ती नगर्ने अर्थमन्त्री पौडेलले बताउनुभयो । ‘हुलाकी सडक निर्माण हुन्छ’, उहाँले भन्नुभयो, ‘किसानलाई पेन्सन दिने विषय अध्ययन गरेर मात्रै कार्यान्वयन गर्नुपर्छ, अहिले त्यो अध्ययनको चरणमा छ ।’
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog