Friday, June 3, 2016

नेपाली सेनालाई रक्षामन्त्री रावलको सुरक्षाबारे निर्देशन

गाईघाट (उदयपुर), २१ जेठ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले आज उदयपुरको सदरमुकाम गाईघाटस्थित बोक्सेमा रहेको नेपाली सेनाको भवानी दल गण ब्यारेकको निरीक्षण भ्रमण गर्नुभएको छ ।
बिहान गाईघाट आइपुग्नुभएका रक्षामन्त्री रावलले भवानी दल गणको ब्यारेक क्षेत्रको जग्गा तथा कार्यालयको अवस्थाको निरीक्षण गर्नुभएको भवानी दल गणका गणपति सुमन खड्काले बताउनुभयो ।bhann
निरीक्षणपछि मन्त्री रावलले सेनाका अधिकृतलाई सुरक्षाको बारेमा निर्देशनसमेत दिनुभएको थियो ।
नेकपा (एमाले) का उपाध्यक्षसमेत रहनुभएका रावलले आजै जिल्लाको सदरमुकाम गाईघाटस्थित (एमाले)का कार्यकर्तासँग पनि भेटघाट गर्नुभएको छ ।
कार्यकर्ता भेटघाटमा रावलले अब जिल्लाका कार्यकर्ताहरु पार्टीको गुट तथा उपगुटमा नलागेर सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयो ।
उहाँले पार्टीका कार्यकर्ताहरु यो नेता वा त्यो नेता भनेर गुट उपगुटमा नलागी पार्टीको निर्देशनमा चल्नुपर्दछ भन्नुभयो ।
पार्टीभित्र गुट उपगुटमा नलागी सबै कार्यकर्ता एक हुने हो भने अब नेकपा (एमाले)ले आगामी निर्वाचनमा दुई तिहाइ मत ल्याएर एकमना सरकार गठन गर्न सक्ने उहाँको भनाइ थियो । रासस
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog