Friday, June 3, 2016

वर्तमान सरकारले धेरैले नसोचेको काम गरेर देखाउँछ: प्रधानमन्त्री ओली

काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले धेरैले नसोचेको काम गरेर देखाउने बताउनुभएको छ ।
सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले वर्तमान सरकार भूकम्प, नाकाबन्दी विभिन्न कठिनाइका बाबजुद पनि कर्मचारीको तलब २५ प्रतिशत बढाएर जिउँदा सरकारको अनुभूत गराएको बताउनुभयो ।wlli
राष्ट्रसेवक कर्मचारीमा स्पष्टता र सक्रियता हुनुपर्नेमा जोड दिँदै उहाँले कर्मचारीका समस्या समाधानमा सरकार प्रयत्नशील भएको हुनाले मुलुक सङ्कटका बीचमा पनि कर्मचारीको तलब २५ प्रतिशत वृद्धि गरेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले देश विकास गर्नका लागि आफूले देखेको सपना नभएर विकासका योजना भएको र त्यो सपना पूरा गरेर देखाउने दाबी गर्नुभयो ।
सरकार नयाँ ढङ्गले तीव्रताका साथ काम गर्ने तयारीमा लागिरहेको भए पनि १५ वटा पार्टीलाई साथमा लिएर काम गर्न केही जटिलता भएको भन्दै उहाँले थप्नुभयो – “सरकारले नयाँ ढङ्गले काम गरिरहेको छ भन्नेबारे बुझ्न गाह्रो छ, अरु त के आफ्नै पार्टीले बुझ्दैन ।”
प्रधानमन्त्री ओलीले मुलुकमा अझै पनि तुइनबाट यात्रा गर्दा झरेर मान्छेहरु मर्ने भएकाले आगामी २०७४ भदौसम्म तुइन विस्थापन गर्ने गरी काम अघि बढाएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालका कर्मचारीहरुको ढिला हिँड्ने बानी भएको भन्दै आज अल्छी लाग्यो भोलि काम गर्ने भन्दै सार्ने, जनताका फाइल घुमाइरहने जस्तो काम नगरी जनताको सेवामा लागिरहन आग्रह गर्नुभयो ।
सङ्गठनका अध्यक्ष कृष्णमान श्रेष्ठले वर्तमान सरकारले राष्ट्रसेवक कर्मचारीको भावना बुझेर २५ प्रतिशत तलब वृद्धिले कर्मचारीलाई निकै उत्साहित बनाएको र कर्मचारीभित्रका विकृति हटाएर क्रियाशील रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ कार्यसमितिसमेत चयन गर्नेछ । रासस
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog