Friday, June 3, 2016

दुईजनाविरुद्ध मानब बेचबिखन मुद्धा

भैरहवा, २१ जेठ । मानब बेचखिनको अभियोगमा रुपन्देहीमा दुईजना बिरुद्ध जिल्ला अदालतमा मुद्धा दायर भएको छ ।
१६ वर्ष मुनिका बालबालिकालाई विभिन्न प्रलोभनमा पारी भारत लैजाँदै गरेका एक युवक र आफ्नै गाउँका महिलालाई डान्सबारमा काम लगाउने भन्दै भारत लैजना लागेको अवस्थामा पक्राउ परेकी एक युवती बिरुद्ध मानव तथा चेलीबेटी बेचबिखन बिरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्धा दायर गरिएको रुपन्देही प्रहरी प्रबक्ता एवं प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।becha
छुट्टा छुट्टै अवस्थामा सिमा नाका बेलहियाबाट पक्राउ परेका गोर्खा जिल्ला मनकामना–३ बस्ने ३८ वर्षीय दिलबहादुर विक र रुपन्देही सूर्यपुरा १ की २८ बर्षीय मिना रानालाई मुद्धा दायर गरी थप अनुसन्धान भईरहेको डिएसपी कार्कीले बताए ।
उनीहरुलाई अनुसन्धानका लागि जिल्ला अदालत रुपन्देहीले पाँच दिनको म्याद दिएको र थप अनुसन्धान भइरहेको उनले बताए । गाउँकै दुई महिलालाई डान्सबारमा रोजगारी लगाइदिने भन्दै सिमा पार गराउँदै गरेको अवस्थामा मिनालाई मानब बेचबिखन तथा महिला हिंसा बिरुद्ध कार्यरत संस्था केआई नेपालले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको हो भने बिकलाई प्रहरीले नौ जना बालबालिका सहित आफ्नै सक्रियतामा पक्राउ गरेको हो ।
मिनासँगै भारत जानलागेका दुई महिलालाई शंका लागी सोछपुच गर्दा उनीहरुको प्रारम्भिक बयानबाट बेचिनसक्के संभावना देखेर आफुहरुले थप अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएको केआई नेपाल रुपन्देहीकी जिल्ला संयोजक तारा सापकोटाले बताईन् । एक भारतीय नागरिकको सहयोगमा मिनाले दुई महिलालाई भारत लैजान लागेकी थिइन् । घटना बिबरण अनुसार नाम नखुलेका भारतीय नागरिक ति महिलालाई लिन गाडी लिएर सूर्यपुरा पुगेका थिए । सूर्यपुराबाट मिनासहित दुई महिलालाई भैरहवा ल्याएर सँगैजाँदा शंका हुने भन्दै ति भारतीय नागरिक दुई महिलालाई सिमापार गराउने जिम्मा मिनालाई दिएर अगाडि हि“डेका थिए ।
योजनाबद्ध रुपमा महिलालाई भारत लैजानु शंकास्पद देखिएपछि मिनासहित दुई महिलालाई केआईले नियन्त्रणमा लिएको थियो । यसरी भारत जाँदा भारतमै बेचिने वा भारत हुँदै अबैधानिक रुपमा महिलालाई तेस्रो खाडी मुलुकमा पुर्याउने संभावना बढी रहने संयोजक सापकोटाले बताईन् । मुद्धा दायरपछि केआईको संरक्षणमा रहेका दुई महिलालाई अविभावकको जिम्मा लगाइएको छ ।
यस्तै भारत जानबाट बचेका नौ जना बालबालिकालाई पनि प्रहरीले आफन्तको जिम्मा लगाएकोे छ । भारततर्फ जानबाट प्रहरीले चितवन भरतपुर न.पा. वडा नं. ११ आँपटारी वर्ष १६ का अभिषेक गुरुङ, वर्ष १५ को सुमित गुरुङ, वर्ष १३ का मनिष तामाङ, वर्ष १५ का नारायण घिमिरे, वर्ष १५ का अनिल परियार, वर्ष १२ का सुनिल नेपाली, वर्ष १६ का अमित परियार, गोरखा भुटेनी गाविस वडा नं. १ वर्ष १५ का विकास विक र सोही ठाउँका वर्ष १५ का प्रदीप विकलाई उद्धार गरेको हो ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog