एमालेको बैठक बालुवाटारमा, सरकारका विषयमा छलफल हुने
काठमाडौं, २२ जेठ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र सरकार परिवर्तनका हल्लाहरूका विषयमा छलफल गर्न नेकपा (एमाले)को स्थायी समितिको बैठक बस्दैछ ।
बालुवाटारमा बस्ने बैठकमा सरकार परिवर्तनमा भइरहेका हल्ला र चर्चाका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र बजेटका विषयमा पनि परामर्श हुने बुझिएको छ । बैठक एघार बजेपछि बस्ने कार्यक्रम छ ।
dainiknepal