कतार सडक दुर्घटनामा परि ६ नेपालिको मृत्यु,६ जना गन्भीर घाइते
रोजगाराको लागी कतारमा रहेका नेपालिको कतारको अलखोरमा शुक्रबार सडक दुर्घटनामा परि ६ जनाको ज्यान गएको छ ।
अन्य ६ जना गन्भीर घाइते भएका छन । तीब्र गतिमा हुइँकिएको गाडीको टायर पञ्चर भई अनियन्त्रित भएर दुर्घटना भएको घटनास्थलमै रहेका कतारमा रोजगारी गर्दै आएका पत्रकार कलमबहादुर शाहीले जानकारी दिए ।
घाइतेको हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको छ ।स्थानीय समयअनुसार विहान ७ बजेर ५० मिनेट जादा उक्त दुर्घटना भएको हो ।
ज्यान गुमाउने नेपालीहरुको सनाखत भइसकेको छैन । घटनास्थलमा उद्धार कार्य जारी रहेको छ ।एजेन्सीnews24nepaltv