Friday, June 3, 2016

नक्कली चालक अनुमतिपत्र लिने पक्राउ

बनेपा। नक्कली सवारी चालक अनुमतिपत्र बनाएर सवारी साधन चलाउने १५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको गेलु गाविस–९ बस्ने मीनबहादुर थापामगर, धादिङको किरनचोक गाविस–४ बस्ने आयुष मोक्तान, काभ्रेपलाञ्चोकको महाकालचौर गाविस–८ बस्ने दीपक थापा, धुलिखेल नगरपालिका–१२ बस्ने रमेश सापकोटा भन्ने रमेश मिजार, काभ्रेपलाञ्चोककै रविओपी गाविस–२ बस्ने रोशन भन्ने सूर्य कुँवर, सिन्धुली पुरानोगाउँ गाविस–२ बस्ने बिक्रा तामाङ, धादिङ पेडा गाविस–८ बस्ने सुभाष तामाङ, महादेवस्थान गाविस–४ बस्ने अभिनास सापकोटा रहेका छन् ।nakali

त्यस्तै नक्कली सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ हुनेमा रामेछापको डडुवा गाविस–७ को आशिष तामाङ, काठमाडौँको शङ्करापुर नगरपालिका–१४ बस्ने रुपक थापा र काभ्रेपलाञ्चोकको घर्तीछाप बस्ने दुर्गाबहादुर थिङ रहेका छन् ।

पक्राउ परेकामध्ये चार जनालाई सरकारी छाप दस्तखत किर्ते मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएको र अन्यमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नविराज राईले जानकारी दिनुभयो । रासस



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog