Tuesday, June 7, 2016

नेपालले अाफ्नाे सिमाना बनायाे , भारतले बनाएन किन ?

काठमाडौं / नेपाल भारत संयुक्त सीमा सर्वेक्षण ३ नम्बर नापी टोलीले रुपन्देहीदेखि दाङका तीन सय ११ वटा सीमास्तम्भ मर्मत एवं पुनर्निर्माण गरेको छ । १३ वटा जोर नम्बरमा पिलर नयाँ बनाउनुपर्ने अवस्थामा छन् । उक्त पिलर निर्माण गर्ने काम भारतीय पक्षको जिम्मामा परेको छ ।simana
नेपाल मारतको अन्तर्राष्ट्रिय सीमाक्षेत्र दसगजामा रहेको भारतद्वारा अतिक्रमित एवं विवादित क्षेत्र सुस्तास्थित चार सय ९७ जंगी पिलर छाडेर टोलीले पश्चिमको दाङसम्म सीमास्तम्भ मर्मत, पुनर्निर्माण तथा सर्वेक्षणको कार्यलाई तीव्रताका साथ अगाडि बढाएको छ ।

टोलीले हालै रुपन्देहीमा एक र कपिलबस्तुमा १२ वटा नयाँ पिलर निर्माण गरेको छ । जसमा ठूला ३ र माइनर १० वटा बिजोर नम्बरमा पिलर नयाँ बनाएको नापी विभागमा उपसचिव एवं सर्वेक्षण टोली प्रमुख निर्मल अचार्यले जानकारी दिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर

purbelinews

Continue Reading…

चीनमा नेपाली विद्यार्थीले ३२ हजारलाई उछिनेर पहिलो बने

काठमाडौं, २६ जेठ । चीनको साउथइस्ट युनिभर्सिटी (सेउ) को ११४औँ स्थापना दिवसका अवसरमा पहिलो पटक नेपाली विद्यार्थी डा तेज्सु सिंह मल्ललाई ‘आउटस्ट्यान्डिङ स्टुडेन्ट’ अवार्ड प्रदान गरिएको छ ।chinn
करिब ३२ हजार विद्यार्थी रहेको उक्त युनिभर्सिटीमा नेपाली विद्यार्थी उत्कृष्ट भएका हुन् । सोमबार आयोजित कार्यक्रममा उहाँलाई उक्त अवार्डबाट सम्मान गरिएको थियो । उक्त युनिभर्सिटीमा १०० मुलुकका करिब दुई हजार विद्यार्थी अध्ययनरत छन् ।
उहाँ युनिभर्सिटीमा अन्तर्राष्ट्रिय विद्यार्थी सद्भावनादूतका साथै अन्तर्राष्ट्रिय सञ्चार शाखाका सदस्यसमेत हुनुहन्छ । डा मल्ल अहिले स्नातकोत्तर तहमा नेत्र विज्ञान विषय अध्ययनरत हुनुहुन्छ ।
मल्लका आमा चिकित्सक सुशीला मल्लले छोराले पाएको अवार्डले अन्य नेपाली विद्यार्थीलाई समेत प्रेरणा दिने बताउनुभयो । उक्त अवार्ड पढाइका साथै अन्य अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट हुने विद्यार्थीलाई प्रदान गरिन्छ । रासस
dainiknepal

Continue Reading…

अाजकाे राशिफल / २०७३ ज्येष्ठ २६ गते बुधबार

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

दिनको सुरुवातमा सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुनसक्छ । तर दिउँसोबाट असहज परिस्थिति सिर्जना हुनेछ । खर्च वृद्धि हुने समय छ । बन्दव्यापारमा भनेजस्तो सफलता प्राप्त हुँदैन । प्रेम र प्रणयसम्बन्धमा तिक्तता आउनसक्छ । मातापिता वा घरका ज्येष्ठसदस्यको स्वास्थ्यमा समस्या देखापर्न सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –rashi
brish

व्यवहारिक कठिनाइको सामना भए पनि घरपरिवारका समस्या हल गर्ने वातावरण प्राप्त हुनेछ । मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने दिन छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो संकेत छ । बोलीमा मिठास आउने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

मन त्यसैत्यसै उत्ताउलो र चञ्चल बन्नसक्छ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ, तर यात्राबाट पर्याप्त लाभ हुन सक्दैन । नयाँ व्यापार वा व्यवसायतर्फ हात हाल्नु राम्रो हुँदैन । आफूले ताकेअनुरूप तुरुन्त काम नबन्नाले दिक्क लाग्नसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

मिश्रित प्रभाव प्राप्त हुने भए पनि आजको दिन सकारात्मक छैन । दिउँसो शत्रुपक्षका अनिष्ट व्यवहारको सन्देश प्राप्त हुने देखिन्छ । प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । कृषिजन्य व्यवसायमा गरिएको मिहिनेतबाट लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ । सानातिना कामको झमेला आउनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya

रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सामाजिक र राज्यपक्षबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्र्न पक्षमा रहने छ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने कर्मसिद्धिको समय छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

आज भाग्यबल राम्रो छ, त्यसैले धार्मिक र सामाजिक क्षेत्रमा धनराशि खर्च गर्न मन हौसिने छ । मानसम्मान र प्रतिष्ठा प्राप्त गर्न गरिएका प्रयास सफल हुनेछन् । बिगतमा भएका कमीकमजोरी सच्याउने मौका प्राप्त हुनेछ । परोपकारी काममा खटिनु पर्ने भएकाले व्यवसायिक गतिविधिमा असर पर्न सक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

आज दिउँसोसम्म राम्रो दिन रहेकाले तपाईंले कुनै महत्वपूर्ण काम छ भने दिनको पूर्वाद्र्धभित्रै सिद्ध्याउनु राम्रो हुनेछ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन् । मनमा विरक्तिका भावना सञ्चरण हुन सक्छन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

दिउँसोसम्म आनन्द र खुसीको वातावरण प्राप्त हुनेछ । त्यसपछि गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । कुनै खुसीको खबर प्राप्त हुने सम्भावना छ । मावली वा आमाको आशीर्वाद प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । बेलुका तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुन सक्छ, तर विजय प्राप्त हुनेछ । झैझगडा, किचलो र विवादमा सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

आज बिहान निराशाको अनुभूति हुनेछ, घरिघरि रिस र आवेशको सिकार पनि बन्नसक्नु हुन्छ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । तर दिउँसोबाट सन्तुष्टि प्राप्त हुनेछ । साँझमा सन्तति वा भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Continue Reading…

सत्ता परिवर्तनको खेलमा लागेका दल नै संविधान कार्यान्वयनमा बाधकः उपप्रम थापा

हेटौँडा, २५ जेठ । उपप्रधानमन्त्री एवम् राप्रपा नेपाल अध्यक्ष कमल थापाले संविधान जारी गर्ने प्रमुख दल नै अहिले सत्ता परिवर्तन गर्ने खेलमा लागेकाले संविधान कार्यान्वयनमा बाधक देखिएको बताउनुभएको छ ।
अध्यक्ष थापाले आज हेटौँडामा राप्रपा नेपाल मकवानपुरको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै अहिले सत्ता हेरफेरभन्दा पनि संविधान कार्यान्वयन गर्न सबै दलले ध्यान दिनुपर्ने बताउनुभयो ।mantiriy
सरकार परिवर्तनमा कम्मर कसेर लागेको प्रतिपक्षी दल नेपाली कांग्रेसतर्फ संकेत गर्दै उहाँले प्रमुख दलहरुले आपसी विवादलाई त्यागेर जनताको आर्थिक स्तर वृद्धि गर्न संविधान कार्यान्वयन र स्थायित्वको एकजुट हुनु पर्दछ भन्नुभयो ।
अध्यक्ष थापाले विगत १८ वर्षदेखि स्थानीय निकायको निर्वाचन नहुँदा विकास निर्माणका काम हुन नसकेको यथार्थलाई ध्यानमा राखेर स्थानीय निकायको निर्वाचन गर्न प्रमुख दल विभाजित हुन नहुने बताउनुभयो ।
सो अवसरमा केन्द्रीय सदस्यत्रय दीपकबहादुर सिंह, मधु अधिकारी र राजाराम बर्तौला तथा सांसद गणेश थापाले स्थानीय निकायको चुनाव गर्नुपर्ने बताउनुभयो । स्थानीय हुप्राचौरबाट र्याली सुरु भई नगर परिक्रमा गर्दै पल्पसा रोडसम्म पुगेको थियो ।
अध्यक्ष थापाले विभिन्न पार्टी परित्याग गरी राप्रपा नेपालमा प्रवेश गरेका नव प्रवेशीलाई टीका र माला लगाई स्वागत गर्नुभएको थियो । दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । रासस
dainiknepal

Continue Reading…

चीनको विश्वविद्यालयमा नेपाली विद्यार्थी उत्कृष्ट

काठमाडौँ, २५ जेठ । चीनको साउथइस्ट युनिभर्सिटी (सेउ) को ११४ औँ स्थापना दिवसका अवसरमा पहिलो पटक नेपाली विद्यार्थी डा तेज्सु सिंह मल्ललाई ‘आउट स्ट्यान्डिङ स्टुडेन्ट’ अवार्ड प्रदान गरिएको छ ।chinko
करिब ३२ हजार विद्यार्थी रहेको उक्त युनिभर्सिटीमा नेपाली विद्यार्थी उत्कृष्ट भएका हुन् । सोमबार आयोजित कार्यक्रममा उहाँलाई उक्त अवार्डबाट सम्मान गरिएको थियो । उक्त युनिभर्सिटीमा १०० मुलुकका करिब दुई हजार विद्यार्थी अध्ययनरत छन् ।
उहाँ युनिभर्सिटीमा अन्तर्राष्ट्रिय विद्यार्थी सद्भावनादूतका साथै अन्तर्राष्ट्रिय सञ्चार शाखाका सदस्यसमेत हुनुहन्छ । डा मल्ल अहिले स्नातकोत्तर तहमा नेत्र विज्ञान विषय अध्ययनरत हुनुहुन्छ ।
मल्लका आमा चिकित्सक सुशीला मल्लले छोराले पाएको अवार्डले अन्य नेपाली विद्यार्थीलाई समेत प्रेरणा दिने बताउनुभयो । उक्त अवार्ड पढाइका साथै अन्य अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट हुने विद्यार्थीलाई प्रदान गरिन्छ । रासस
dainiknepal

Continue Reading…

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस नतिजा

काठमाडौँ, त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल मङ्सिर÷पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्रhunea
सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७१) को अर्थशास्त्र विषयको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार आज प्रकाशन गरिएको छ । रासस

Continue Reading…

यी हुन ‘घैँटे’को सम्पत्तिमा रमाउने अर्का ‘डन’

सन्तोष गौतम, हाल अमेरिका
काठमाडौं, २५ जेठ । प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके घैंटे भनिने कुमार श्रेष्ठले थुपारेको कालो धनमा यतिखेर उनका सहयोगीले मोजमस्ती गर्दै आएका छन् ।
पाँच वर्षदेखि घैंटेको पिछलग्गु भएर हिँडेका हेटौंडाका सन्तोष गौतमले इन्काउन्टरपश्चात् घैंटेको सम्पत्तिमा मोजमस्ती गर्दै आएका छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।hun
गौतम गत साता अमेरिका पुगेका छन् । सम्पत्ति शुद्धीकरणबाट बच्न घैंटेले करोडौं रूपैयाँको सम्पत्ति गौतमलगायत एक दर्जन बढीको नाममा लुकाएका थिए । स्रोतका अनुसार तीन वर्ष अगाडि दुई करोडमा खरिद गरेको रौतहट निजगढको जग्गा गौतमको नाममा छ ।
जसको हालको मूल्य १५ करोडभन्दा माथि बिक्री हुने जानकार बताउँछन् । निजगढमा विमानस्थल बन्ने भएपछि घैंटेले उक्त जग्गा गौतमको नाममा पास गराएर राखेका थिए । तर, हाल सो जग्गा सार्वजनिक भएकोे भन्दै स्थानीयले मुद्दा हालेपछि गौतम तनावमा छन् ।
पाँच वर्ष अगाडि दरबार मार्गमा गोली काण्ड मच्चाएर लुक्न सर्लाहीका अर्का गुन्डा नाइके बाबु थापाको ओढारमा पुगेका घैंटेको भेट गौतमसँग भएको थियो । गौतम गुन्डा थापाका सहयोगी थिए ।
सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्या गरेको आरोपमा हाल थापा कारागारमा छन् । आपराधिक पृष्ठभूमिबाट गुज्रिएका गौतम घैंटेको आशीर्वादका कारण ठेकदारको बिल्ला भिर्न पाएको घैंटे निकट स्रोत बताउँछ ।
घैंटेको पैसाले यतिखेर गौतम अमेरिका जाने मात्र होइन, लसभेगासमा जुवा खेल्ने समेत हैसियत राख्छन् । गजुरमुखीमा भएको सम्पूर्ण लगानी घैंटेको भए पनि सेयर अलग अलग व्यक्तिको नाममा भएका कारण इन्काउन्टरपश्चात् सबैलाई आपुताली परेको स्रोतको दाबी छ ।
घैंटे इन्काउन्टरमा मारिनुभन्दा ६ महिना अगाडि गजुमुखी कम्पनीका सम्पूर्ण सेयर होल्डरलाई पैसा चुक्ता गरी हटाएको उनकी श्रीमती पिङ्की शेर्पा दाबी गर्छिन् ।
कम्पनीको आधिकारिक सेयर होल्डर दीपक गौतमले एक करोड रूपैयाँ लिई आफ्नो सेयर घैँटेलाई छाडेर व्यापार गर्न कतार पुगेका थिए ।
तर, त्यही समयमा घैंटे इन्काउन्टरमा मारिएपछि त्यसको फाइदा उठाउँदै कम्पनीका सेयर होल्डरले पुनः गजुरमुखीले कब्जा गरेको आरोप घैंटे श्रीमती पिङ्कीको छ ।
उता सडक डिभिजन प्रोजेक्ट संखुवासभा खाँदबारीले आह्वान गरेको करिब एक अर्बको टेन्डर हत्याउन गजुरमुखीले नक्कली कागजात पेस गरेको समेत खुलासा भएको छ ।
दुई साता अगाडि उक्त टेन्डर गजुरमुखीले पूर्वका गुन्डा रोशन रोक्काको समुह परिचालन गरेर अन्य ठेकदारलाई टेण्डर बिड गर्न नदिई कब्जा गरेका थिए ।
प्रोजेक्टले ५० करोड र ४५ करोड रूपैयाँ बराबरको सडक बनाउने दुई वटा प्याकेजमा टेण्डर आह्वान गरेको थियो । सोही टेण्डर प्रतिस्पर्धा नगरी सेटिङमा गजुरमुखि र संघका पूर्वाध्यक्ष जयराम लामिछानेको समुुहे कब्जा गरेको थियो ।
दुई प्याकेज मध्य एक प्याकेज टेण्डर लिन गजुरमुखिले नक्कली कागजात पेश गरेको स्रोतको दाबी छ । सोही कारण प्रोजेक्टले आशयपत्र दिएको छैन ।
आशयपत्र लिनका लागि गजुरमुखिका सञ्चालकले अहिले प्रोजेक्ट प्रमुख हरि पोखरेललाई मनाउन विभिन्न होटलमा मिटीङ राख्दै आएका छन् । टेण्डर रद्द नगरी आशयपत्र दिएको खण्डमा प्रोजेक्टका प्रमुख पोखरेललाई एक करोेड दिने सहमती भएको ठेकदार संघमा चर्चो छ ।
उक्त टेण्डर हत्याउन गजुरमुखि र लामिछानेको समुहले १० प्रतिशतले हुन आउने रकम दश करोड बराबर ठेक्का बिड नगर्ने ठेकदार, प्रहरी, गुन्डा प्रोजेक्टका कर्मचारीले बाँडचुड गरेर खाएका थिए ।
कुनैपनि हालतमा टेण्डर रद्द नगरी सम्झौता गर्ने रणनीति अनुसार पैसाको चलखेलमा गजुरमुखि लागेको छ । टेण्डर रद्द भएको खण्डमा गजुरमुखिको गुन्डा र प्रहरीलाई भागबण्डा गरेको करोडौं रूपैयाँ डुब्ने खतरा बढेको छ ।
dainiknepal

Continue Reading…


Popular Posts

Powered by Blogger.
Copyright © Funtoosh Blog