Thursday, May 26, 2016

विमलकी बहिनी मनिषा ‘हत्या’ प्रकरणः बेलुकासम्ममा यथार्थ कुरा बाहिर आउने

आमा र दाजुका साथमा मनिषा ।
कावासोती, १३ जेठ । फुटबलर विमल घर्ती मगरकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगरको ‘हत्या’ गरेको आशङ्कामा प्रहरीले दुईजना युवालाई पक्राउ गरेको छ । गएराति नवपलरासीको बर्दघाट–८ पञ्चनगरस्थित घरमा एक्लै रहेकी उनी बिहीबार बिहान घरभित्र मृत फेला परेकी थिइन् ।aunrea
आमा अघिल्लो दिन कामका लागि बुटवल गएर बिहान घर फर्कंदा घरमा छोरी मृत भेटिएपछि आफन्त र प्रहरीलाई खबर गरेकी थिइन् । उनी मृत भेटिएको खाटमा रगतका दाग भेटिएको प्रहरी उपरीक्षक एसपी राजेन्द्र चौधरीले जानकारी दिनुभयो । टेबुलमा खुट्टा र आधा शरीर खाटमा रहेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । बेलुका ८-९ बजेतिर घटना भएको हुन सक्ने एसपी चौधरीले बताउनुभयो ।
पक्राउ परेका दुवैजनालाई प्रहरीले अनुसन्धान थालेको छ बेलुकासम्ममा यथार्थ कुरा बाहिर आउँछ प्रहरी उपरीक्षक चौधरीले भन्नुभयो – “परीक्षणका लागि अस्पतालमा शव ल्याएका छौँ आत्महत्या हो कि कर्तव्य हो पत्ता लाग्छ ।” उनको शव पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा राखिएको छ ।
मनिषाको शव फेला परेपछि उनका आफन्त र साथीहरु शोकमा परेका छन् । उनी न्यूलाइफ उच्च मावि बर्दघाटमा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन् । रासस
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog