Thursday, May 26, 2016

न्यूयोर्कको समुद्री तटमा डुबेर नेपालीमूलका एक युवकको निधन

जेष्ठ १४, २०७३- पौडी खेल्ने क्रममा यहाँको ‘रकवे’ समुद्री तटमा डुबेर नेपाली भाषी एक युवाको निधन भएको छ । क्वीन्समा बस्दै आएका ओखलढुंगा रुम्जाटार मूल घर भएका १९ वर्षीय रुद्रजंग गुरुङको बुधबार न्यूयोर्क शहर नजिकैको समुद्री तटमा डुबेर निधन भएको हो ।

रुद्रजंग आफना स्कुलका सहपाठीसँग पौडी खेल्न ‘रकवे’ समुद्री तटमा पुगेका थिए । उनी क्वीन्सको एलहमष्टस्थित न्युटन हाइस्कुलमा कक्षा १२ मा अध्ययनरत थिए ।paudi

पौडी खेल्न निपुण भएपनि एक्कासी आएको पानीको छालले उनीलाई डुबाएको थियो । विभिन्न समाचार एजेन्सीका अनुसार डुबेको केही समयपछि उनी नदेखिएपछि पनि साथीहरु डराएर तत्काल आकस्मिक सेवामा फोन गरेनन् ।

तर एक प्रत्यक्षदर्शीले ९११ मा फोन गरेर घटनाको जानकारी गराएका थिए । घटनाको झण्डै एक घण्टापछि उद्वारकर्मीहरुले घोप्टो परिरहेको बेहोस अवस्थामा डुबेको स्थान भन्दा ७० मिटरको दुरीमा उनलाई फेला पारेका थिए । सेन्ट जोन अस्पताल पुर्‍याइएका रुद्रजंगलाई मृत घोषणा गरिएको थियो ।

अस्पतालमा मृतकका पिता नेपाली सेनाको पूर्व मेजर राजेश गुरुङले बिहीबार बिहानमा आफ्नो कान्छो छोराको सनाखत गरेका थिए । मृतक संगीतका सौखिन एवम ड्रमर थिए ।

ekantipur



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog