Thursday, May 26, 2016

पक्राउ परेका मनिषाका प्रेमी विमलकै साथी भएको खुलासा, पोष्टमार्टम रोकियो

काठमाडौं, १३ जेठ । राष्ट्रिय फुटबल टोलीका प्रमुख स्ट्राइकर विमल घर्ती मगरकी बहिनी मनिषाको मृत्यु झन रहस्यमयी बन्दै गएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घटनामा संलग्न भएको आशंका पक्राउ परेका १७ वर्षीया मनिषाका प्रेमी आशिष चौधरी विमलकै सहपाठी भएको खुल्न आएको छ ।bhannn
आशिष र मनिषाबीच केही वर्षयता प्रेम सम्बन्ध रहेको त्यसैको विकराल स्वरुपमा घटना भएको अनुसन्धानमा संलग्न नवलपरासी प्रहरीका एक अधिकारी बताउँछन् । उनका अनुसार आशिष नवलपरासीकै तिलकपुर गाविस–४ का युवा हुन् ।
ती अधिकारीका अनुसार घटना हुनुभन्दा एक दिन अगाडि मनिषालाई फोनमा धम्की आएको पनि पाइएको छ । यो घटनामा अन्य व्यक्तिहरुको हात रहेको आशंका गर्दै प्रहरीले एक एकमाथि निगरानी गर्दै छानविन गरिरहेको छ ।
पोस्टमार्टम रोकियो
नवलपरासी प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद चौधरीले मनिषाको शवको पोस्टमार्टम अहिलेसम्म नगरिएको जानकारी दिए । पोस्टमार्टमका लागि भन्दै परासीस्थित शवलाई जिल्ला अस्पताल पुगाएपनि अहिलेसम्म पोस्टमार्टम सुरु हुन नसकेको हो ।
एसपी चौधरीका अनुसार मृत्यु निकै रहस्मयी भएकाले पोस्टमार्टमका लागि शवलाई काठमाडौं पठाउने तयारी भइरहेको छ । जसका बारेमा जिल्लाका प्रमुख निकायहरुबीच छलफल भइरहेको छ ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog