सरकारको बजेट पनि हावादारी : देउवा
काठमाडौं, १४ जेठ । कांग्रेस सभापति एवम् प्रमुख प्रतिपक्ष दलका नेता शेरवहादुर देउवाले बजेट दुरुपयोग हुन सक्ने बताएका छन् ।
प्रेस युनियनको रजत वर्ष शूभराम्भ कार्यक्रमलाई बिहीबार सम्वोधन गर्दै देउवाले प्रधानमन्त्रीले हावादारी आश्वासन बाँडदै हिँडेकाले बजेट पनि कार्यन्वयन हुन नसक्ने गरी हावादारी आउन लागेको बताए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।सरकारको बजेट पनि हावादारी : देउवा
‘घरघरमा पाईप जोडिन्छ भन्छन तर जनताले अहिलेसम्म ग्याँस पाएका छैनन् । हावाबाट विजुली निकाल्छु भन्छन लोडसेडिङ बढेको छ’, देउवाले भने, ‘देशको बजेट भनेको जनताले कर तिरेको पैसा हो । सरकारले हावादारी आश्वासन बाँडेर जनताको कर दुरुपयोग गर्न खोजिएको छ ।’
dainiknepal