Thursday, May 26, 2016

ओली सरकारलाई पूर्व अर्थमन्त्री महतले भने- पूँजीगत खर्चमा केन्द्रित बजेट ल्याउ

काठमाडौं, १३ जेठ । नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले उत्पादनमुखी र पूँजीगत खर्चमा केन्द्रित भएर बजेट तर्जुमा गर्नुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आज आयोजित साक्षात्कारमा उहाँले औद्योगिक क्षेत्रको विस्तार हुन नसकेको, मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाए ।25
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले अब आउने बजेट सानो आकारको हुनुपर्ने उल्लेख गर्दै ठूलो आकारको बजेट प्रस्तुत भए आन्तरिक तथा विदेशी ऋण बढ्ने र विकास बजेट दुरुपयोग हुने बताए ।
अर्थविद् दिनेशचन्द्र देवकोटाले नयाँ नेपाल निर्माण गर्न यथास्थिति चिन्तनबाट माथि उठ्नुपर्नेमा जोडदिँदै बजेट प्रदेश केन्द्रित हुनुपर्ने बताए ।
उद्योगी दिवाकर गोल्छाले सरकार र विपक्षीबीच घोचपेच रहेसम्म देशको विकास नहुने भन्दै देश विकास तथा आर्थिक समृद्धिका लागि दुवै पक्ष एक ठाउँमा आउनुपर्ने बताए ।
पूर्वगभर्नर डा तिलक रावलले अर्थमन्त्रीले आर्थिक वृद्धिदर २ प्रतिशत पुप्याउने दावी गरे पनि १ प्रतिशत भन्दा कम रहने बताए । रासस
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog