Thursday, May 26, 2016

मनिषाका केटा साथी भन्छन्, ‘मनिषा पंखामा झुण्डिएकी थिइन्’

परासीः फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषा घर्तीको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीले शव पोष्टमार्टम गर्न काठमाडौँ शिक्षण अस्पताल पठाएको छ ।

जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजेन्द्रप्रसाद चौधरीका अनुसार अनुसन्धानको क्रममा मृत्युको विषय मोबाइलको सीम र फेसबुकको म्यासेज देखिएको छ ।

बिहीवार बिहान नवलपरासी बर्दघाट नगरपालिका-८ पञ्चनगरस्थित घरमा बिमलकी १७ बर्षीया बहिनी मनिषा मृत अवस्थामा भेटिएपछि शवलाई पोष्टमार्टम गर्न परासीस्थित पृथ्वीचन्द्र अस्पताल पुर्याइएको थियो ।

हत्यामा मनिषाका केटा साथी संलग्न भएको आशंका

अनुसान्धानका क्रममा पक्राउ परेका मृतक मनिषाका केटा साथीको बयान र शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएकाले शवलाई विशेषज्ञ टोलीद्वारा पोष्टमार्टम गर्न काठमाडौं पठाइएको प्रहरी उपरीक्षक चौधरीले जानकारी दिए ।17

प्रहरीले अनुसन्धानका लागि भन्दै तिलकपुर गाविस–४ का आशिष भनिने रुद्रनारायण चौधरीलाई नियन्त्रणमा लिएको छ ।

घाँटीमा निल डामसहित अन्य प्रकृति शंकास्पद देखिएपछि जिल्ला अस्पतालका चिकित्सकले फोरेन्सी डाक्टरद्वारा पोष्टमार्टम गर्न सल्लाह दिएकाले शवलाई शिक्षण अस्पताल पठाइएको प्रहरी उपरीक्षक चौधरीले बताए ।

घटनाको प्रकृतिहेर्दा आत्महत्या जस्तो देखिए पनि पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ ।

घटना हुने दिन बिमलकी आमा बुटवल आफन्तको घर गएकी थिइन् । बिहीवार विहान बुटवलबाट घर आएकी विमलकी आमाले छोरी कोठा भित्र मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेकी थिनन् ।

विमलको घरमा आमा र बहिनी मात्र बस्दै आएका थिए । मृतक मनिषा बर्दघाटस्थित न्यूलाईफ उच्च माविमा ११ कक्षाको परीक्षा दिएर बसेकी थिइन् ।

अनुसन्धानका क्रममा पक्राउ परेका आशिषको भनाइ उद्धृत गर्दै प्रहरी उपरीक्षक चौधरीले भने, ‘घटना हुने दिन मनिषा र आशिषको फेसबुकको म्यासेजका बारेमा भनाभन भएको थियो ।’

मनिषाका केटा साथी भन्छन्, ‘मनिषा पंखामा झुण्डिएकी थिइन्’

‘मनिषाको घरमा राती ११ बजेसम्म बसेका आशिषले सीम फालेर अर्को सीम राख्न मनिषालाई दबाब दिएका थिए,’आशिषको भनाइ उद्धृत गर्दै प्रहरी उपरीक्षक चौधरीले भने, ‘सीमको विवाद बढ्दै गएपछि मैले एक झापड हानिदिएँ, मनिषाले पनि मलाई एक झापड हानिन् ।’

त्यस पछि आफु बाहिर वरण्डामा आएर सुतेको आशिषले प्रहरी समक्ष बताएका छन् । ‘राती उठेर हेर्दा मनिषा पंखामा झुण्डिएकी थिइन् ।’

बयानका क्रममा उनले आफू फस्ने भनेर मनिषाले झुण्डिन प्रयोग गरेको सल नजिकैको कल्र्भटमा फ्याकेको बताएका छन् ।
‘त्यसपछि उनलार्ई निकालेको र आफू फस्ने डरले झुण्डिन प्रयोग गरेको स्काप (केटाले प्रयोग गर्ने लामो रुमाल) बाँसाबसही नजिक रहेको पालुङ्स्थान पेट्रोलपम्प नजिकको कल्भर्ट तल फ्याँकी दिएँ,’आशिषको भनाइ उद्धृत गर्दै प्रहरी उपरीक्षक चौधरीले भने ।

घटनाका बारेमा आशिषले घरमा पुगेर आमालाई बताएपछि गल्ती नगरेपछि नभाग भनेकाले आफू घरमै बसेको प्रहरी समक्ष बताएका छन् ।

फेसबुकमा लेखिएको म्यासेजको विषय र अन्य कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । annapurnapost



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog