Thursday, May 26, 2016

फुटबलर विमलकी बहिनी मनिषाको ‘हत्या’मा संलग्न भएको आशङ्कामा दुईजना पक्राउ

बिहीबार, १३ जेठ
नवलपरासी । फुटबलर विमल घर्ती मगरकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगरको ‘हत्या’ गरेको आशङ्कामा प्रहरीले दुईजना युवालाई पक्राउ गरेको छ ।
गएराति नवपलरासीको बर्दघाट–८ पञ्चनगरस्थित घरमा एक्लै रहेकी उनी बिहीबार बिहान घरभित्र मृत फेला परेकी थिइन् ।
आमा अघिल्लो दिन कामका लागि बुटवल गएर बिहान घर फर्कंदा घरमा छोरी मृत भेटिएपछि आफन्त र प्रहरीलाई खबर गरेकी थिइन् ।
उनी मृत भेटिएको खाटमा रगतका दाग भेटिएको प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र चौधरीलेबताए ।parkauu
टेबुलमा खुट्टा र आधा शरीर खाटमा रहेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । बेलुका ८÷९ बजेतिर घटना भएको हुन सक्ने एसपी चौधरीलेबताए ।
पक्राउ परेका दुवैजनालाई प्रहरीले अनुसन्धान थालेको छ बेलुकासम्ममा यथार्थ कुरा बाहिर आउँछ प्रहरी उपरीक्षक चौधरीले भने– “परीक्षणका लागि अस्पतालमा शव ल्याएका छौँ आत्महत्या हो कि कर्तव्य हो पत्ता लाग्छ ।” उनको शव पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा राखिएको छ ।
मनिषाको शव फेला परेपछि उनका आफन्त र साथीहरु शोकमा परेका छन् । उनी न्यूलाइफ उच्च मावि बर्दघाटमा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन् ।
nepalsandesh



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog