राति सम्म फेसबुकमा सक्रिय थिइन् मनीषा
१३ जेठ, काठमाडौं ।
चर्चित फुटवलर विमल घर्तीकी बहिनी मनीषाको रहस्यमय मृत्यु भएपछि यो विषयमा विभिन्न कोणबाट अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।
विमल घर्ती बेल्जियम भएको बेला उनको घरमा के के भयो
प्रहरीले उनको मृत्युलाई रहस्यमय भनेको छ । उनको शब काठमाडौं लैजानेबारे कुरा भैरहेको समेत नवलपरासी प्रहरीले जानकारी दिएको छ ।
राति सम्म फेसबुकमा सक्रिय थिइन् मनीषा
विमलकी बहिनी मनीषा घटना हुनु केही घण्टा अघी सम्म पनि फेसबुकमा सक्रिय रहेको फेसबुकले देखाएको छ ।
२१ घण्टा अघी मात्र फेसबुक प्रोफाइल तस्विर परिवर्तन गरेकी मनीषाको तस्विरमा बेल्जियमबाट विमलले समेत कमेन्ट गरेका छन् ।
पक्राउ परेका युवक विमलका सहपाठीः प्रेममा थिइन् मनीषा
“मिस यू ब्यूटीफुल सिष्टर” भन्दै उनले गरेको कमेन्टमा “मिस यू टू ब्रोदर” भन्दै मनीषाले जवाफ फर्काएको देखिन्छ ।
त्यसैगरी केही दिन अघि मात्र मनीषाले ‘आइ वान्ट टू स्लिप फर एभर” अर्थात “म सदाका लागि निदाउन चाहन्छु” भन्ने लेखिएको तस्विरलाई फ्रोफाइल पिक्चर बनाएको पनि फेसबुकबाट देखिएको छ ।nepaliheadlines