Thursday, May 26, 2016

यातायात व्यवसायी र यातायात मजदुरले गरेको बन्दले सप्तरीको जनजीवन प्रभावित

राजविराज– यातायात व्यवसायी र यातायात मजदुरले जेठ १ गतेदेखि लागु गरिएको सवारी तथा यातायात व्यवस्था ऐन संशोधनको विरोधमा संयुक्त रुपमा गरेको यातायात बन्दले विहीवार सप्तरीको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरुले सरकारले संशोधित ऐन नसच्याए विरोध कार्यव्रmमलाई थप चर्काउने चेतावनी पनि दिदै यातायात बन्द गरेका हुन् । 22नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ तथा यातायात मजदुर आबद्ध ट्रेड युनियन महासंघको संयुक्त निर्देशन अनुसार सगरमाथा यातायात संघको आह्वानमा गरिएको यातायात बन्दका कारण यात्रुहरु अलपत्र परेका छन् । बन्द कार्यक्रममा पुर्वी हिमाली यातायात ब्यवसायी संघ, सगरमाथा ट्रक ब्यवसायी संघ, सगरमाथा जीप, मइक्रोबस, टेम्पो ब्यवसायी संघ, नेपाल यातायात मजदुर संघ र संगठन समेतले ऐक्यबद्धता जनाउँदै आ–आफ्नो मातहतका सवारी साधन चल्न दिएनन् । यातायात साधनलाई पर्याप्त पार्किंङको ब्यवस्था नभएको, जरिवाना रकम बढाइएको, समयानुसार सडक सुधार नभएको लगायत पूर्वाधार विकासका समस्या समाधान नगरी एकपक्षीय ढंगले यातायात ब्यवसायी र मजदुरलाई मर्का पर्ने गरी ऐन ल्याएको भन्दै उनीहरुले संशोधित ऐन नसच्याए आन्दोलन थप कडा बनाउँदै लैजाने चेतावनी पनि दिएका छन् । -ratopati



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog