Thursday, May 26, 2016

प्रेमीसँग भाग्ग दुई नाबालक छोरा छोरीको हत्या

जिल्लाको देविस्थान ७ मा एक महिनाअघि आगलागिमा मृत्यु भएको भनिएका दुई बालबालिकाको हत्या भएको प्रहरीले पुष्टी गरेको छ।
आफ्नै छिमेकी भाउजु नाताकी एक युवती विवाह गर्न सोही गाविस–४ का २२ वर्षीय भीमबहादुर भण्डारीले देविस्थान–७ की कमला घर्तीको एक छोरी र एक छोराको हत्या गरेको प्रहरीले जनाएको छ।
घर्तीका ६ वर्षीया छोरी समुन्द्र र ३ वर्षीय छोरा मनोजको घाँटी थिचेर हत्या गरेको अनुसन्धानले खुलेको हो। गत वैशाख १७ गते घर्तीले दुई बालबालिकाको हत्या गरेपछि गहुँको नल लगेर थुपारेपछि घरमा आगो लगाएको बयान प्रहरीमा दिएका छन्।
घटनामा दुई बालबालिका घरभित्रै पोलिएर मरेको भन्ने हल्ला गाउँमा फैलिएको थियो। भण्डारी र घर्तीले पनि आगो लागिमै उनीहरु मरेको हल्ला फिंजाएका थिए।pemi
मृतक बालबालिकाका बाबुको किटानी जाहेरीको आधारमा प्रहरीले घर्ती र भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए।
घटना हुँदा बाबु बैदेशिक रोजगारीका लागि मलेशियामा थिए। घटनापछि दिनदिनै छिमेकीले विभिन्न शंका गरेका थिए। घटना अघि उनीहरु बिच अनैतिक सम्बन्ध रहेको गाउँमा हल्ला फैलिएको थियो।
प्रहरीले पनि ती आधारमा निगरानी बढाएको र घट्नाको सत्यता नजिक पुगेको जनाएको छ। ‘घटना अघिको दुई जनाको सम्बन्ध र त्यसपछिको व्यवहारप्रति अनुसन्धान गर्दा कर्तव्य गरेको पाइयो’, सिंहले भने, ‘प्रहरीमा पनि उनीहरुले साविती बयान दिएका छन्।’
उक्त घटनामा निरन्तर अनुसन्धानपछि मात्र हत्यारा पक्राउ गर्न सफल भएको सिंहले बताए। एक महिनाअघि भण्डारीले घर्तीसँग विवाह प्रस्ताव राखेका थिए। घर्तीले छोराछोरीसँगै भाग्न तयार भएपनि भण्डारीले नमानेपछि उक्त घटना भएको हो। भण्डारीले छोराछोरी छाडेर जाउँ भन्ने प्रस्ताव पटक–पटक राखेका थिए। महिलाले भने लिएरै जाने अड्डी कसेपछि हत्याको योजना बनेको हुन सक्ने प्रहरीको अनुमान छ ।
महिलाले प्रहरीको बयानमा आफूले सँगै लैजान खोजेपनि उसले नमानेको स्वीकारेकी छिन्। हत्या बारेमा भने उनले प्रष्ट धारणा नराखेकोले थप अनुसन्धानले खुल्न नसकेको प्रहरीले जनाएको छ।
युवकको प्रेममा परेकी घर्तीले मौन समर्थन जनाएको देखिएको पनि उनले बताए। हत्यामा घर्तीको भूमिका बारेमा थप अनुसन्धान भइरहेको छ।
उक्त घटनामा प्रहरी र स्थानीयले आगो नियन्त्रण प्रयास गरेका थिए। मृतक मध्ये बालक शारीरिक अपांग रहेको स्थानीयले बताए। उनी हिडडुल गर्न नसक्ने अवस्थाका थिए भने छोरी तन्दुरूस्त थिइन्।
पक्राउ परेका दुवै जनालाइ प्रहरीले कर्तव्य ज्यान मुद्दा दायर गरेको छ। बिहिबार जिल्ला अदालत बागलुङले १० दिन म्याद दिएर थप अनुसन्धान गर्न आदेश दिएको छ।setopati



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog