Thursday, May 26, 2016

पक्राउ परेका मनिषाका प्रेमी आशिषले प्रहरीलाई के-के भने ? शव काठमाडौं ल्याइयो

आमा र दाजु विमलसँग मनिषा ।
नवलपरासी, १३ जेठ । राष्ट्रिय टिमका फुटबलर विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीको शवलाई पोस्टमार्टमका लागि काठमाडौं ल्याइएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मनिषाको शव पोष्टमार्टमको लागि केन्द्रीय फरेन्सिक विभाग शिक्षण अस्पताल महाराजगंज काठमाडौं लगेर घटनाको कारण पत्ता लगाउन प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।aunrea
यसअघि बर्दघाट नगरपालिका-८ भुताहा बस्ने १७ वर्षीया मनिषा घर्ती उनकै घरमा मृत्यु भएको अवस्थामा बिहीबार फेला परेको सम्बन्धमा अनुसन्धानको लागि नवलपरासी तिलकपुर गाबिस–२ बस्ने २२ वर्षीय आशिष भन्ने रुद्रनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा अन्य सदस्य कोही नभएको अवस्थामा बुधबार बेलुका चौधरी आएको खुल्न आएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
के–के भने आशिषले ?
आशिष र मनिषाबीच प्रेम सम्बन्ध रहेको, आशिष आएको अवस्थामा उनीहरुबीच आपसी विवाद भएपछि आशिषले मनिषालाई हातले कुटपिट गरी घर बाहिरको बरण्डामा गई सुतेको अवस्थामा मनिषाले चुन्नीको पासो लगाई झुन्डिएपछि आशिषले चुन्नी फुकाई भुइँमा राख्दा उनको मृत्यु भएको र चुन्नी आशिषले आफ्नो घरमा लगि राखेको बताएपछि उनको घरबाट प्रहरीले उक्त चुन्नी बरामद गरेको छ ।
नवलपरासी प्रहरीका अनुसार प्रहरी नियन्त्रणमा रहेका मनिषाका प्रेमी आशिषले दिएको प्रारम्भिक वयान अनुसार बुधबार वेलुकापख मनिषासँग सिमकार्डको विषयमा विवाद भएको थियो । ‘मनिषाले आशिषसँग सिमकार्ड मागेकी रहिछन्, उसले दिन नमानेपछि दुबैजनाबीच भनाभन भएको रैछ । एक प्रहरीले भने ‘केटीले पहिले झापड हानेको र बदलामा केटाले पनि झापड हानेको वयानमा भनेको छ ।’
ती प्रहरीका अनुसार मनिषासँग विवाद पछि सामान्य हानाहान भएको झोँकमा प्रेमी आशिषले एकबोतल बियर खाएर मनिषाको घरमा गएको प्रहरी बयानमा स्वीकारेका छन् । आशिषले प्रहरी बयानमा बताए अनुसार मनिषा घर भित्र र आफू घर बाहिर सुतेका थिए । राति ११ बजे ब्युँझेर कोठा भित्र गएर हेर्दा मनिषा पासो लगाएर झुण्डिएको देखेँको र हेर्दा उनको मृत्यु भैसकेको थियो, मैले पासो खोलेर खाटमा राखेँ त्यसपछि आफ्नी आमालाई घटना सबै बताएँ ।
आमाले गल्ती छैन भने कतै नभाग्न भनेर सल्लाह दिएपछि आफू घरमै बसेको आशिषले बताएका छन् । उनले प्रहरीलाई आफूले हत्या नगरेको बताएका छन् ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog