राजेश हमालले आफू र पत्नी मधुबीच सम्बन्ध राम्रो देखाउँदै
अभिनेता राजेश हमालले आफू र पत्नी मधुबीच सम्बन्ध राम्रो रहेको देखाउँदै गएका छन् । केही दिनअघि उनीहरूबीच सम्बन्ध चिसिएको खबर फैलिएको थियो । बिहेपछिका दिनमा हमाल अधिकांश कार्यक्रममा पत्नी मधुका साथ देखिन्थे ।
उनले फेसबुकमा बारम्बार पत्नी र आफ्ना फोटा तथा ताल–तालका स्ट्याटस पोस्ट गर्ने गर्थे । तर, पछिल्लो समय हमाल विदेश तथा मोफसलका कार्यक्रममा एक्लै जाने गरेको तथा पत्नीजन्य गतिविधिबाट टाढा देखिएकाले फिल्मकर्मीले समेत उनीहरूको दाम्पत्यजीवनमा संकट आएको शंका गरेका थिए । बजारमा हल्ला फैलिएपछि हमालले तुरुन्तै फेसबुकमा आफू र पत्नीको कभर फोटो बनाए ।- नया पत्रिका
त्यति मात्रै नभई सोमबार आफू र पत्नी मधुले बिहेको दोस्रो वार्षित्कोत्सव मनाएको स्टाटससमेत पोस्ट गरे । हमालका पछिल्ला क्रियाकलापले खटपटै रहेछ भने पनि उनीहरूको दाम्पत्यजीवनको सुमधुरता दर्शाएको भने पक्कै छ ।news24nepal