Thursday, May 26, 2016

गठबन्धनको बैठक बस्दै, आन्दोलनको समीक्षा गर्दै थप कार्यक्रम सार्वजनिक गर्ने

१४ जेठ, काठमाडौं ।

सिंहदरबार र बालुवाटार घेर्दै जुलुस,र्याली र विरोधसभामा परिणत भएको मधेसी मोर्चा सम्बद्ध संघीय गठबन्धनले आज आन्दोलनको समिक्षा गरी दोस्रो चरणको आन्दोलनका कार्यक्रमको तय गर्ने भएको छ ।

batk
संघीय समाजवादी फोमको कार्यालयमा बस्ने बैठकले भावी आन्दोलनका कार्यक्रमको बारेमा निर्णय गर्ने बताइएको छ । गठबन्धनले गर्दै आएको राजधानीकेन्द्रित आन्दोलन शनिबारदेखि सकिँदैछ ।

गठबन्धनले १६ गते वीरगञ्ज र १७ गते पोखरामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । १८ गतेबाट अर्को चरणको आन्दोलनको तयारी गठबन्धनले गरेको छ ।

गठबन्धनले सिंहदरबार र प्रधानमन्त्री निवास घेराउको कार्यक्रम स्थगित गरि राजधानीका विभिन्न स्थानमा विरोध प्रर्दशन गरिरहेको छ ।nepaliheadlines



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog