कर्मचारी पार्टीका कार्यकर्ता भन्दा सुप विश्वविद्यालय धरापमा
महेन्द्रनगर, १३ जेठ । कञ्चनपुरका सक्रिय विद्यार्थी संगठनहरुले सुदूरपश्चिम विश्व विद्यालयका उच्चपदस्थ कर्मचारीहरु कुनै पार्टीको कार्यकर्ताहरुको रुपमा प्रस्तुत हुँदा विश्वविद्यालय धरापमा पर्दै गएको बताएका छन् ।
बिहीबार मिडिया मञ्च नेपाल कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने अधिकाँस विद्यार्थी संगठनका नेताहरुले कर्मचारीहरुका कारण विश्व विद्यालयमा किचलो सिर्जना भएको आरोप लगाएका छन् ।
विद्यार्थी नेताहरुले विश्व विद्यालयको विकासका लागि कुनै पनि पदाधिकारीहरुले नसोचेका कारण आज विश्विद्यालयको अवस्था दयनिय बन्दै भएको चिन्ता व्यक्त गरेका छन् ।
लामो त्याग र संघर्षबाट पाप्त विश्वविद्यालय तुहाउन अनेकन षडयन्त्र भएको समेत विद्यार्थीहरुले अनुमान गरेका छन् । विद्यार्थी नेताहरुले विश्व विद्यालय बचाउनुपर्ने बेला आएको भन्दै यसलाई बचाउनका लागि जस्तो सुकै त्याग गर्ने तयार रहेको उद्घोष गरेका छन् ।
क्रान्तिकारीका नेता कैलास गिरीले विश्व विद्यालय राजनितिक भागबण्डामा विभक्त हुँदा दिनहुँ समस्या आएको बताउनुभयो । तल्लो कर्मचारी देखि माथिल्लो स्तरका पदाधिकारीसम्म गैर जिम्मेबारीताले समस्या निम्तिएको उनको भनाई छ ।
कर्मचारीहरु कर्मचारीका रुपमा भन्दा पनि कुनै पार्टीको पक्ष विपक्ष लिएर काम गर्दा समस्या भएको उनको विश्लेषण छ । ‘कर्मचारीहरुले आफ्नो काम कर्तब्य बिर्सेर पार्टीको काममा बढि ध्यान दिन्छन्,’ उनले भने ‘यस्तो कर्मचारीको चालाले के विश्वविद्यालय बन्ला ।’
राप्रपा पार्टी निकटका विद्यार्थी नेता नरेश कार्कीले विश्वविद्यालयमा समस्या थुप्रै भएपनि कर्मचारीहरुको लार्पबाहीले समस्या निम्तिएको बताउनुभयो । ‘विद्यार्थीको समस्या समस्या समेत समाधान गर्न सकेको छैन्,’ उनले भने ‘त्यसैले विद्यार्थीहरु कम हुँदै छन् ।’
विप्लप माओवादी निकट क्रान्तिकारीका केन्द्रीय सदस्य बिरेन्द्र शाहले प्राध्यापक, कर्मचारीहरुले राजनिति गर्दा विश्व विद्यालय धरापमा पर्दै गएको बताउनुभयो । ‘सबै कर्मचारी प्राध्यापकहरु संगठनको काम गर्न बढि उत्साहित छन्,’ उनले भने ‘आफ्नो कर्तब्य बारे कसैलाई चिन्ता छैन् ।’ रजिष्ट्रारले ठुला नेतालाई पदिय मर्यादा विपरित गाली गर्दा विश्व विद्यालयमा समस्या निम्तिएको उनको भनाई छ ।
ठुला नेतालाई गाली गर्नुभन्दा विश्व विद्यालय सुधार्न समेत उहाँले आग्रह गर्नुभयो । राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौँका केन्द्रीय सदस्य महेश दत्त जोशीले दलिय भागबण्डामा कर्मचारीहरु भर्ना गर्दा नै विश्व विद्यालयमा समस्या शुरुवात भएको बताउनुभयो । ‘दलको भागमा परेका कर्मचारीले संस्थाको काम गर्ने कि पार्टीको,’ उनले भने ‘यस्तै समस्या बाट विश्वविद्यालय खतरामा पर्दै गएको छ ।’
रजिष्ट्रारको फेसबुक अभिव्यक्तिले विश्व विद्यालय तुहाउने षडयन्त्र भएको समेत उहाँले ठहर गरेका छन् । विश्व विद्यालयका कर्मचारीहरुले पार्टीको कार्यकर्ता बन्ने कि अन्र्तराष्ट्रिय स्तरमा विश्वविद्यालयको पहिचान गराउने भन्दै कार्यकर्ताको काम बन्द गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नवराज ऐरले विश्व विद्यालय केही सिमित व्यक्तिहरुले आफ्नो कब्जामा राख्ने षडयन्त्र रचेका कारण पनि समस्या निम्तिएको बताउनुभयो ।
उच्च पदस्थ कर्मचारीहरुले नै पुस्तकालयका कर्मचारीहरुलाई उस्काएर विद्यार्थीहरुलाई किताब दिन बन्द गराउने जस्ता अनैतिक काम कर्मचारीहरुबाटै भएको दावि गरेका छन् । ‘सुप लाई साचिक्कै विश्वविद्यालय बनाउनेकी निम्बुखेडा विद्यालय बनाउने हो ।’, उनले भने । विश्व विद्यालयको हितका काम गर्न समेत नेता ऐरले सबैलाई आग्रह गरेका छन् ।
एमाले निकट अनेरास्ववियुका केन्द्रीय सदस्य गणेश ऐरीले विश्वविद्यालय राजनितिक चुङ्गोलमा फसेको भन्दै चिन्ता व्यक्त गरेका छन् । रजिष्ट्रार भट्टले फेसबुकमा दिएका अभिव्यक्ति केही मानेमा गलत भएपनि उहाँले देशकाल अनुसार आफ्नो व्यक्तिगत विचार अभिव्यक्त गरेको ऐरको भनाई छ । सुपका सबै पदाधिकारी देखि कर्मचारीसम्म मापदण्ड बनाउनुपर्नेमा उहाँले जोडदिनुभयो । पूर्वाग्रही ढङगबाट काम गर्नुपर्ने नेता ऐरीको सुझाव छ ।
नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघका कञ्चनपुर जिल्ला अध्यक्ष गंगादत्त भट्टले प्रचण्ड र देउवालाई गाली गरेर विश्वविद्यालयमा विवाद झिकेको बताउनुभयो । भट्टले भन्नुभयो –‘रजिष्ट्रारले प्रचण्ड र देउवालाई गाली गरेर आफुलाई सच्चा एमालेको कार्यकर्तामा रुपमा प्रस्तुत गरे ।’ ‘यस्तो गाली त केपी ओलीले पनि कसै विपक्षी नेतालाई दिदैन् ।’ राजनिति नै गर्नु छ, भने जागिरबाट राजिनामा दिएर नयाँ पार्टी खोल्न समेत उहाँले चुनौती दिनुभयो । एमालेको अर्के रजिष्ट्रार आउँस तर भट्टलाई कुनैपनि हालतमा मान्य नहुने उनले दावि गर्नुभयो । यसैविच सुदूरपश्चिमका विद्यार्थीहरुले बिहीबार कर्मचारीहरुले नै पुस्तकालयमा तालाबन्दी गरेको भन्दै बिरोध गरेका छन् ।
अखिल क्रान्तिकारीका नेता बिरेन्द्र राज विष्टले सहमती विपरित कर्मचारीहरुले क्याम्पसमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिनु अतिको नैतिकता भएको भन्दै विभिन्न विद्यार्थीहरुले तालाबन्दीको बिरोधमा क्याम्पसदेखि केन्द्रीय कार्यालयसम्म जुलुस निकालेका छन् । उनीहरुले तालाबन्दी गरेर विद्यार्थीहरुको भविश्य खेलवाड गर्ने कर्मचारीहरुलाई कार्बाहीको माग राख्दै केन्द्रीय क्याम्पस पुगेका थिए ।
विद्यार्थी संगठन र क्याम्पस विच क्याम्पसमा तालाबन्दी नगर्ने सहमती भएको २४ घण्टा नवित्दै कर्मचारीहरुले तालाबन्दी गरेर घरमै बसेको नेता विष्टको भनाई छ । केन्द्रीय कार्यालयमा लागेका तालाबन्दी यथावतै छन् ।
dainiknepal