Thursday, May 26, 2016

उत्तर कोरियासँग वार्ता गर्न आवश्यक छ: महासचिव बान

सोल, १३ जेठ । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले उत्तर कोरियासँग वार्ता गर्नुपर्ने विषयमा जोड दिएका छन् ।
साथै उनले उत्तर कोरियालाई आणविक होड परित्याग गरी शान्ति वार्ताका लागि तयार रहन आग्रह गरेका छन् ।
महासचिव बानले दक्षिण कोरियाको एक रिसोर्टमा औपचारिक कार्यक्रमको उद्घाटनपछि गरेको सम्बोधनका क्रममा उनले सो विषयमा जोड दिएको हो ।13
उनले उत्तर कोरियालाई कुनैपनि किसीमका उत्तेजनात्मक कामामा नलाग्न र अन्तर्राष्ट्रिय शान्ति तथा मूल्य मान्यताको पक्षमा लाग्न पनि आग्रह गरेको हो ।
यदि कोरियाली प्रायद्वीपमा अहिलेको जस्तो गरी तनाव फैलिँदै जाने हो भने यसले दुई कोरियालाई मात्र नभई एसियाली क्षेत्रमा नै नराम्रो प्रभाव पर्नेछ भन्दै यस विषयमा सोच्नुपर्ने बेला भइसकेको धारणा पनि राखे ।
साथै उनले आफूले संयुक्त राष्ट्रसंघको महासचिवका हैसियतले र यतिमात्र नभई व्यक्तिगत हैसियतमा पनि वार्ताका लागि के कस्तो सहयोग गर्नुपर्छ त्यसका लागि तयार रहेको धारणा पनि राखेको थियो ।
पछिल्लो समयमा उत्तर कोरियाले गर्ने गरेको बारम्बारको आणविक परीक्षणका कारण उत्तर र दक्षिण कोरियाबीचको समबन्ध बिग्रिएको छ ।
साथै यस परीक्षणका कारण संयुक्त राष्ट्रसंघले पनि उत्तर कोरियामाथि नाकाबन्दी गर्दै आएको छ । रासस/सिन्ह्वा
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog