Thursday, May 26, 2016

प्रचण्डसँग मेरो स्वभाव मिल्दैन : बादल

कुनै जमानामा तपाईं र प्रचण्ड नारायणीको तिरमा भावुक भएर क्रान्तिका गीत गाउँनु हुन्थ्यो भन्ने सुनिन्छ, चुनवाङ बैठकको भिडियो त हामीले पनि हेर्‍यौँ । त्यहाँ तपाईंहरू भावुक भएर, रोएर एक–अर्कामा बिलीन भएको घोषणा गर्नुहुन्थ्यो । फेरि ०६९ सम्म आइपुग्दा एक–अर्कालाई गम्भीर आरोप लगाएर विभाजित हुनुभयो । कहिले अंगालो मारेर रुवाबासी गर्ने र कहिले संसारको सबैभन्दा बढी दुश्मनलाई जस्तो आरोप लगाउने तपाईं र प्रचण्डको खास सम्बन्ध के हो ?

हाम्रो सम्बन्धमा निश्चय पनि उतारचढाब आउने गरेका छन् । विशेषगरी पछिल्लो समयमा अलि ठूलै उतारचढाब पनि देखा पर्‍यो । तर, हाम्रो सम्बन्ध, हाम्रो सोच आधारभूत रूपमा सही नै थिए । हामी दुवैका आ–आफ्ना विशेषता छन् । कमरेड प्रचण्ड बहिर्मुखी हुनुहुन्छ भने म अन्तर्मुखी छु ।

त्यसैले पनि हाम्रो स्वभाव मिल्दैन । म अलि बढी आन्तरिक संगठनको क्षेत्रमा सक्रिय हुने र त्यसैको सुदृढीकरणमा लागिपर्ने स्वभावको छु भने कमरेड प्रचण्डले बाह्य रूपमा वा राजनीतिक रूपमा अलि बढी सक्रिय भूमिका खेल्दै आउनुभएको छ । कतिपय विषयमा म अलि बढी अडिग रहन्छु भने कमरेड प्रचण्ड अलि बढी गतिशील र लचक देखिनुहुन्छ । हामी दुईको सम्बन्ध यही अन्तर्मुखी र बहिर्मुखी प्रवृत्तिबीचको परिणति हो । हाम्रो सम्बन्ध गतिशीलता र दृढताको सम्बन्ध हो ।5

पार्टीमा राजनीतिक र संगठनात्मक काम दुवैलाई मिलाउँदा मात्र पार्टी र क्रान्तिको कामले पूर्णता पाउन सक्छ । हामी दुवै अलग–अलग पृष्ठभूमिबाट आयौँ । म अलि उत्पीडित जातिबाट आएँ भने कमरेड प्रचण्डचाहिँ शासक जातिबाट आउनुभयो । यसरी हामी शासक र शासित पृष्ठभूमिको पनि प्रतिनिधित्व गर्छौँ । तर, यो सामाजिक सम्बन्धहरूमा यही जातीय सम्बन्धले पूर्णता दिन सक्छ । यही विपरीत सम्बन्धले नै हामीले पार्टीलाई यहाँसम्म ल्यायौँ र यसलाई अझै टाढासम्म लानुपर्छ भन्ने हाम्रो सोच छ ।

फेरि यो इतिहासको द्वन्द्ववाद पनि हो । फुट्नु जुट्नु, एकअर्कालाई आरोप लगाउनु, फेरि मिल्नु राजनीतिक भाषामा ऐतिहासिक भौतिकवाद र द्वन्द्ववादको नियम हो । यसबाट कोही पनि अलग हुन सक्दैन । मिलन र बिछोड, हार र जित, कहिले वस्तुवादी हुनु त कहिले मनोगतवादी हुनु, यो सब विकासको नियम हो । त्यसैअनुसार हिजो हामी मिलेका थियौँ, बीचमा अलग भयौँ, अहिले फेरि मिल्यौँ ।

अब सधैँभरि एकै ठाउँ हुन्छौँ भन्ने पनि छैन, फेरि सम्बन्ध–विच्छेद हुन सक्छ । त्यसकारण अहिले जे भएको छ, ठीक भएको छ । तर, यो एकता सधँँभरि यस्तै रहन्छ भनेर इतिहासको नियमले भन्न सक्दैन । भोलि गएर हामीमा विचलन आयो भने फेरि विभाजन पनि हुन पनि सक्छ । आदर्शवादी कोणबाट हेर्दा हामी सधैँ मिलिराख्नुपर्छ भन्ने लाग्छ तर सधँँ त्यस्तो हुँदैन । नयाँ पत्रिका दैनिकले गरेको कुराकानीको सम्पादित अंश।nepaliheadlines



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog