Thursday, May 26, 2016

यस्तो छ सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण प्रतिवेदन

काठमाडौँ, १३ जेठ । मुलुकको वर्तमान अर्थतन्त्रमा परम्परागत प्रणालीमा संरचनात्मक रुपमा परिवर्तन भएको देखिएको छ ।
सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा विगत वर्षलाई पछ्याउँदै मुलुकको अर्थतन्त्र कृषिबाट सेवा क्षेत्रतिर सर्दै गएको छ । आधारभूत मूल्यमा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि तथा उद्योग क्षेत्रको योगदान क्रमशः घट्दै तथा सेवा क्षेत्रको योगदान बढ्दो छ ।
गत आव २०७१÷०७२ मा कृषि क्षेत्रको उत्पादन रु दुई खर्ब ३९ अर्ब ५० करोडको थियो भने सेवा क्षेत्रको रु तीन खर्ब ७० अर्ब ५० करोड थियो । चालु आवमा कृषि क्षेत्रको उत्पादन रु दुई खर्ब ४२ अर्ब ६० करोड बराबरको अनुमान गरिएको छ । सेवा क्षेत्रको उत्पादन रु तीन खर्ब ८० अर्ब ४० हुनेछ ।23
त्यसैगरी आधारभूत मूल्यमा औद्योगिक क्षेत्रको उत्पादन रु एक खर्ब नौ अर्ब ४० करोडबाट घटेर रु एक खर्ब दुई अर्ब ५० करोडमा सीमित हुने अनुमान गरिएको छ । अवस्थालाई माथि उठाई उच्च आर्थिक वृद्धि हासिल गर्ने कार्य चुनौतीपूर्ण रहेको छ ।
भूकम्पबाट भएको क्षतिबाट अर्थतन्त्रलाई थप नकारात्मक हुन नदिई पुनःनिर्माण एवम् नवनिर्माणलाई उच्च प्राथमिकतामा राखी लगानी परिचालन गर्न कठिन हुने देखिएको हो । मुलुकमा आन्तरिक तथा बाह्य लगानीको उचित परिचालन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०७२/७३ को आर्थिक सर्भेक्षण पेस गर्नुभयो ।
प्रतिवेदनमा सार्वजनिक संस्थानको आर्थिक अवस्था र मन्त्रालयगत प्रगति प्रतिवेदन समावेश गरिएको छ । संसद्को अर्को बैठक यही जेठ १४ गते अपराह्न २ बजे बस्नेछ । रासस
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog