Thursday, May 26, 2016

बोलीको ठेगान नभएको ओलीको बजेट हावादारी हुनेः देउवा

काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आगामी शनिवार प्रस्तुत गर्न लागेको बजेट महत्वकांक्षी हुने दाबी गर्नुभएको छ । उहाँले बजेट दुरुपयोग हुनसक्ने आशंका पनि गर्नुभयो ।bandai
बिहीबार प्रेस युनियनको २५ औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा सभापति देउवाले सरकारले ल्याउन लागेको बजेट हावादारी हुने अनुमान लगाउँनुभएको हो ।
उहाँले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सहयोग प्रात भएको रकम प्रत्येक नागरिकबाट उठाइएको कर बजेटका नाममा जथाभावी दुरुपयोग गर्न खोजेमा नेपाली कांग्रेसले प्रतिकार गर्ने बताउनुभयो ।
सभापति देउवाले बोलीको ठेगान नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको व्यंग्य समेत गर्नुभयो । रासस
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog