मानव अधिकार ब्यक्तिपिच्छे फरक फरक हुनुहुदैन- प्रम ओली
१३ जेठ, काठमाडौं ।
प्रधानमन्त्री के.पी शर्मा ओलीले मानव अधिकार आफ्ना लागि आवधिक नभएर आजीवनको बिषय भएको बताएका छन् ।
४० अफ्रिकी देशले दिए भारत सम्मेलन बहिस्कार गर्ने चेतावनी
राष्ट्रिय मानव अधिकार आयोगको १७ औं स्थापना दिवशको अवशरमा आयोगले आज आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कसैले पनि मानव अधिकारको बलजफ्ती उल्लंघन गर्न नपाओस भनेर सरकार गम्भिर रहेको बताए ।
‘मानवअधिकार मेरो आवधिक बिषय होइन आजीवन हो’ प्रधानमन्त्री ओलीले भने ‘त्यसकारण मानव अधिकारका बिषयमा मेरो सजगता सधैं कायम रहन्छ ।’
मानवअधिकारलाई व्यक्ति र संस्थापिच्छेले फरक फरक परिभाषा गर्नु गलत रहेको प्रधानमन्त्री ओलीको टिप्पणी थियो । ‘मानवअधिकार जताबाट हेरे पनि एउटै र उस्तै हुनुपर्छ ’प्रधानमन्त्री ओलीले भने ‘यो ब्यक्तिपिच्छे फरक फरक हुनुहुदैन ।’
राति सम्म फेसबुकमा सक्रिय थिइन् बिमलकी बहिनी
वर्तमानको राजनीतिक समस्या समाधानका लागि सरकार गम्भिर रहेको प्रधानमन्त्री ओलीले बताए । ‘वर्तमान राजनीतिक समस्या समाधानका लागि सरकारले पत्र पठाएको छ । वर्ताको आह्वान गरेको छ र अनौपचारिक रुपमा पनि कुरा गरिरहेको छ’ प्रधानमन्त्री ओलीले भने ।
विमल घर्ती बेल्जियम भएको बेला उनको घरमा के के भयो
प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारीलाई मानवअधिकारको बहालीका लागि गम्भिर भएर लागिपर्न आग्रह गरे ।nepaliheadlines