Thursday, May 26, 2016

देश टुक्रयाउने अभिव्यक्ति दिने उपेन्द्र यादवलाई छाडिदैन्ः चुरेभावर पार्टी

काठमाडौं, १३ जेठ । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले राष्ट्र टुक्र्याउने अभिव्यक्ति दिने जो कोहीलाई कदापि नछाड्ने चेतावनी दिएको छ ।
विहीबार (आज) रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी चुरेभावर पार्टीले राष्ट्रियता र राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिने संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवलाई नछाड्ने चेतावनी दिएको हो ।bhayoo
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बद्रीप्रसाद न्यौपानेले आन्दोलनको नाममा मुलुक टुक्र्याउने गतिविधिलाई राज्यले उन्मुक्ति दिन नहुने बताउनुभयो । ‘भारत, जर्मन जस्ता देश पनि टुक्रिएका छन, यहाँ पनि टुक्रिदैन भनेर भन्न सकिँदैन’ भन्ने अभिव्यक्ति दिने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् गठबन्धनका संयोजक यादवको अभिव्यक्ति अपत्तिजनक रहेको न्यौपानेले बताउनुभयो ।
संघीय गठबन्धनको नेतृत्वमा राजधानी केन्द्रित आन्दोलनका क्रममा उपेन्द्र यादवले देश टुक्रन सक्ने अभिव्यक्ति दिएपछि चुरेभावर पार्टीले अपात्ति जनाएको हो ।
आफ्ना राजनीतिक मागलाई शान्तिपूर्ण रुपमा पूरा गराउन सकिन भन्दै चुरेभावरका अध्यक्ष न्यौपानेले भन्नुभयो, ‘जनतालाई दुःख दिने गरेर आउने बन्द, हड्ताललगायतका कार्यक्रमको प्रतिकार गरिन्छ ।’
मधेसी मोर्चाले तराईमा गरेको नाकाबन्दी र आमहड्तालको चुरेभावर पार्टीले प्रतिकार गरेर तुहाएको दाबी गर्नुभएका अध्यक्ष न्यौपानेले भन्नुभयो, ‘मधेसी मोर्चाको आन्दोलनलाई हामीले प्रतिकार गरेकै हौँ, फेरि पनि संघीय गठबन्धनको आन्दोलनको प्रतिकार गर्नु नपरोस् ।’
कोणसभा गर्दै आएको संघीय गठबन्धनको जनतालाई दुःख दियो भने आफूहरू चुपलागेर नबस्ने चुरेभावर पार्टीको भनाइ छ । ‘उपेन्द्र यादवको पृष्ठ भूमि हामीलाई पनि थाहा छ’, न्यौपानेले भन्नुभयो, ‘जिम्मेवार नेता भएर राष्ट्र र राष्ट्रियताविरुद्ध बोल्न मिल्दैन ।’
उहाँले सिंहदरबार घेराउ आफ्ना पचास जना सांसदलाई लगेर गर्न सुझाव दिँदै आइन्दा जनतालाई दुःख दिने कार्य भए जनताले प्रतिकार गर्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा चुरेभावर पार्टीका प्रवक्ता केदारप्रकाश निरौलाले चुरेभावर क्षेत्रमा भइरहेको चोरी निकासी अन्त्यको माग गर्नुभयो । उहाँले राष्ट्रपतिको नाममा रहेको चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गर्न माग गर्नुभयो । उहाँले चुरेको गिट्टी, बालुवा, काठ आदिलाई चोरी निकासी गर्न नपाइने उल्लेख गर्नुभयो ।
चोरी निकासी गर्ने सवारी साधन र व्यक्तिलाई अव नियन्त्रणमा लिएर कारबाही गर्ने प्रवक्ता निरौलाको चेतावनी थियो ।
पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष हरिप्रसाद पोखरेल, सचिव उमेश पराजुली, केन्द्रीय सदस्य बिदुर घिमिरे, ध्रुब भट्टराई, कृष्ण लामा, उपत्यका इञ्चार्ज शुकमान तामाङलगायतको उपस्थिति रहेको थियो ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog