बजेटपछि कांग्रेस-एमाले सरकार- भरतमोहन अधिकारी
१३ जेठ, काठमाडौं ।
पूर्व अर्थमन्त्री एवम नेकपा एमालेका नेता भरतमोहन अधिकारीले पार्टीले २०५१ सालमा नौ महिने शासन कालमा आफूले ल्याएको बजेटको झल्को दिने गरी अहिलेको सरकारले बजेट ल्याउनु पर्ने बताएका छन ।
राति सम्म फेसबुकमा सक्रिय थिइन् बिमलकी बहिनी
बिहीबार आयोजित साक्षात्कारमा उनले भने,‘ नौ महिने शासनकालमा मैले ल्याएको बृद्ध भत्ता, आफ्नो गाँउ आफै बनाउ भन्ने कार्यक्रमलाई रामशरण महतसहित अहिलेसम्मका सबै अर्थमन्त्रीले निरन्तरता दिएर स्विकारीसकेका छन । त्यसैले अहिलेको बजेट पनि ०५१ सालको झल्को दिने गरी बजेट ल्याउनु पर्छ ।
साक्षात्कारमा अधिकारीले बजेटले भुकम्प पछिको पुर्ननिर्माण, नाकाबन्दीबाट तहसनहस भएको अर्थतन्त्रलाई रिभाईभ गर्ने, कृषिको उत्पादकत्व बढाई परनिर्भरता घाउने, संविधान कार्यान्वयन र आर्थिक सन्तुलन नविग्रने गरी सामाजिक सुरक्षसहितका न्यायलाई प्राथमिकता दिन सुझाव दिएको जानकारी दिदै बजेट पपुलिष्ट नभई पपुलर ल्याउनु पर्ने बताए ।
उनले बजेट ल्याउनु भन्दा त्यसको कार्यान्वयन मुख्य कुरा भएकोले बजेटको कार्यान्वयनमा जोड दिनु पर्ने भन्दै कार्यान्वयन हुने खाले कार्यक्रम मात्रै ल्याउनु पर्ने सुझाव दिए ।
पक्राउ परेका युवक विमलका सहपाठी
अधिकारीले बजेट कार्यान्वयनको लागि प्रधानमन्त्री कार्यालयमा एक सेलको निर्माण गरी करिब २५० बटा आयोजनाको सूचि बनाई दैनिक कार्यप्रगति र अवरोधहरुको अनुगमन गर्नु पर्ने धारणा राख्दै कार्यान्वयनको विषयलाई बजेटले संबोधन गर्नुपर्ने धारणा राखे ।
एमाले-कांग्रेस सरकार
अधिकारीले संविधान कार्यान्वयनकोलागि काग्रेस र एमाले मिल्नुको विकल्प नभएको भन्दै बजेट पारित भएपछि काग्रेससहितको राष्ट्रिय सहमतिको सरकार गठन गरेर संविधान कार्यान्वयनमा लाग्नु पर्ने बताए ।
उनले भने,‘ काग्रेस र एमाले नमिली हुँदैन । निर्वाचित जनप्रतिनिधिलाई मुलुक हस्तान्तरण गरेपछि अलग भए हुन्छ । बजेट पारित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली, काग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सहमतिको सरकारकोलागि पहल गर्नु पर्छ । सहमतिको सरकार बनाएर संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धिमा लानु पर्छ । २०७४ सालमा चुनाव नगरे मुलुक अन्यौलतमा फस्छ ।’
अधिकारीले मुलुकले नै दलीय एकता खोजेको बेला एमालेका शिर्ष नेताहरुले पनि एकता गरेर अघि बढ्नु पर्ने आवश्यकता औल्याउँदै शिर्ष नेताहरुले समझदारी गरेर पार्टी चलाउनु पर्ने सुझाव दिए ।
उनले भने,‘ जिम्मेवारी फुटबाट होईन, जुटबाट पुरा हुन्छ । म सबै शिर्ष नेताहरुको जेठो दाईको रुपमा भन्छु, तपाईहरु एकता गरेर अघि बढ्नुस ।’nepaliheadlines