Thursday, May 26, 2016

पोर्तुगलमा उपचारको क्रममा एक नेपाली को मृत्यु

नुवाकोट स्थायी घर भई विगत १ वर्षदेखि पोर्चुगलमा बस्दै आएका ३९ बर्षिय जनकलाल श्रेष्ठको बिहिबार दिउसो लिस्वोनको एक हस्पिटलमा उपचार को क्रममा निधन भएको छ।

एन आर एन पोर्तुगल ले पोर्चुगलले श्रेष्ठको निधन बारे समबेदना निकाल्दै दुख ब्यक्त गरेको छ। बिगत एक बर्षदेखी पोर्चुगलको तोरेस भेर्देसमा बसोबास गर्दै आएका ३९ बर्षिय जनकलाल श्रेष्ठ केहि समय अघिदेखि जण्डिस को सिकार भएका थिए र अत्यधिक रक्सि सेवन का कारण कलेजो संक्रमणले सिकिस्त बिरामी भई उपचार गर्दै आएका थिए । लिस्वोनदेखि डेढ घण्टाको दुरीमा पर्ने तोरेस भेर्देस भन्ने ठाउँमा एक पोर्चुगीस कम्पनीमा काम गर्दै आएका श्रेष्ठ एक महिना अघि बिमारी भएपछि तोरेस भेर्देसमा हस्पिटल भर्ना भएका थिए ।3

तीन हप्तासम्म उपचार गरेपछि तोरेस भेर्देसको हस्पिटलबाट थप उपचारको लागि राजधानी लिस्वोनकोकार्डिक विशेष हस्पिटल ‘करी काब्रल’ मा ४ दिन अघि पठाएको थियो । श्रेष्ठ लामो समयदेखि डिप्रेसन का कारण अत्यधिक रक्सि सेवन गर्दै आएका उनका साथीभाईहरु बताउछन। श्रेष्ठकी श्रीमती तथा परिवार नेपाल मा नै भएको र उनी लामो समयदेखि परिवारसँग सम्पर्कमा मा नरहेको उनका निकटतमहरु बताउछन्।

स्वर्गीय श्रेष्ठको पार्थिव शरीरको व्यवस्थापन लगायतका विषयहरुमा छलफलको लागि २७ मे बिहान ९:३० बजे गैरआवासीय नेपाली संघ, पोर्चुगलको कार्यालयमा आकस्मिक बैठक बस्दैछ भन्ने जानकारी संघले आफ्नो फेसबुक पेजबाट गराएको छ ।news24nepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog