Thursday, May 26, 2016

सभामुखद्वारा शीर्ष नेताहरूसँग परामर्श गर्दै, सहमतिका लागि दबाब दिने

काठमाडौं, १४ जेठ । संसद नियमावलीका विषयमा छलफल गर्न सभामुख ओनसरी घर्तीले आज प्रमुख दलका शीर्ष नेताहरूसँग परामर्श गर्दै हुनुहुन्छ ।
सिंहदरबारमा अहिले केही समयपछि हुने छलफलमा संसद नियमावलीमा मसरी सहमति खोज्ने भन्ने विषयमा छलफल हुने सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।4
‘संसद नियमावलीका विषयमा दलहरू सहमति हुन सकेको छैन’, उहाँले भन्नुभयो, ‘सोही विषयमा सहमति खोज्न दबाब दिन सभामुख ज्यूले कांग्रेस, एमाले, माओवादी केन्द्रसहितका छ वटा दलका प्रमुख नेताहरूलाई बोलाउनु भएको छ ।’
संसद नियमावली बन्न नसक्दा विभिन्न अप्ठेराहरू आइरहेका छन् । कांग्रेसले नयाँ संविधानअनुसार नियमावली बनाउनु पर्ने भन्दै आएको छ भने एमालेसहितका सत्तारुढ दलहरू त्यसको विपक्षमा छन् ।
प्रमुख दलका शीर्ष नेताहरूसँगको बैठकमा सभामुख घर्तीले सकेसम्म संसद नियमावलीलाई मतदानमा नलैजान आग्रह गर्नुहुने बुझिएको छ ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog