Thursday, May 26, 2016

ओलीलाई कांग्रेसले भन्यो- हामीले के सहयोग गर्नुपर्छ गर्छाै, तपाई अगाडि बढ्नुस्

सञ्चारकर्मीसँग कांग्रेस नेता महेश आचार्य
– विमल योगी
काठमाडौं, ११ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारलाई जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिबद्धता जनाएको छ ।owl
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको सर्वदलीय बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य महेश आचार्यले देशलाई विकास र निकाश दिने सरकारको कदममा कांग्रेसको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका हुन् ।
बैठकपछि कांग्रेस नेता महेश आचार्यले भने- ‘मधेसको समस्या समाधानका लागि असन्तुष्ट पक्षसँग अनौपचारिक तवरबाट कुरा गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गर्यौ । त्यसमा हामीले के सहयोग गर्नुपर्छ गर्छाै भनेका छौं । मुलुकको विकास र समस्या समाधानको फेजमा सरकारलाई कांग्रेसको पूर्ण साथ, समर्थन र सहयोग हुन्छ ।’
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog